नेफ्स्कूनको आयोजना र युएस्एडको सहयोगमा अन्तरलगानी नीति तथा प्रोडक्ट तयारी विषयक कार्यशाला शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजना र युएस्एडको सहयोगमा अन्तरलगानी नीति तथा प्रोडक्ट तयारी विषयक कार्यशाला शुरु

काठमाडौं । नेफ्स्कूनको आयोजना र युएस्एड (USAID) को सहयोगमा अन्तरलगानी नीति तथा प्रोडक्ट तयारी अन्तरक्रिया तथा कार्यशाला काठमाडौंमा शुरु भएको छ । श्रावण २९ र ३० गते सञ्चालन हुने दुई दिवसीय कार्यशालामा संघका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, उच्च व्यवस्थापन र युएस्एडका प्रतिनिधिहरुको सहभागिता रहेको छ । संघ र युएसएडबीचको सहयोगात्मक प्रयासबाट मुख्यतया अनुदान सहायता मार्फत लक्षित क्षेत्रहरूमा नेपाली उद्यमहरूको प्रतिस्पर्धात्मकता र उत्पादकत्वमा सुधार गर्नु रहनेछ । 

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा कार्यशालाको औपचारिक उद्घाटन भएको थियो । अध्यक्ष पौड्यालले ऋणको सदुपयोगितासँगै स्थानीय उत्पादन,  कृषि तथा पर्यटन विकास र डिजिटल सेवाहरू जस्ता उच्च मूल्यको निर्यात बढाउन र विविधीकरण गर्न नेपालको महत्वाकांक्षालाई अगाडि बढाउन कार्यशाला महत्वपूर्ण रहने स्पष्ट पार्नुभयो । संघले युएस्एडसँगको सहकार्यबाट नयाँ रणनीतिक मार्गचित्र तयार गरि उपयुक्त अन्तरलगानी नीतिहरूको मस्यौदा निर्माणमा दुईदिवसीय कार्यशाला केन्द्रित रहने जनाएको छ ।

गत असार ८ गते संघ र युएसएड ट्रेड एण्ड कम्पिटिटिभ्नेसबीच सहयोग पत्र (LOC)  मा हस्ताक्षर भएको थियो । संघ र युएस्एड बीचको सहयोगात्मक प्रयासको उद्देश्य मुख्यतया अनुदान सहायता मार्फत लक्षित क्षेत्रहरूमा नेपाली उद्यमहरूको प्रतिस्पर्धात्मकता र उत्पादकत्वमा सुधार गर्नु रहेको छ ।  

कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव दामोदर अधिकारीले र कार्यक्रम सन्दर्भबारे समिक्षा बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।  कार्यशालामा विषयविज्ञ नरबहादुर थापाले अन्तरलगानी नीति विषयक मस्यौदा प्रस्तुतीकरण गर्नुभएको थियो भने सो विषयको प्रस्तुतीकरणमाथि सहभागीहरुबीच अन्तरक्रिया तथा टिप्पणी गर्ने काम भएको थियो । कार्यक्रम सञ्चालन सहायक कार्यकारी अधिकृत एवं सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप