नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाद्वारा पदभार ग्रहण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाद्वारा पदभार ग्रहण

काठमाडौं । नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले आजबाट पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हाल्नुभएको छ । संघका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कून स्थापना दिवस समारोहका अवसरमा श्रावण ३२ गते संघको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवजी सापकोटा नियुक्त भएको घोषणा सहित नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । अध्यक्ष पौड्यालले आज संघमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच पदभार ग्रहण गराउनुभएको हो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चलकहरु घनश्याम अधिकारी, माधव प्रसाद जोशी, जिवसराज खड्का, उच्च व्यवस्थापन सहित कर्मचारिहरुको उपस्थिति थियो । 

२०६३ सालदेखि नेफ्स्कून प्रवेश गर्नुभएका सापकोटा यसअघि २०७२ सालदेखि २०७७ सालसम्म ५ वर्ष सिईओको रुपमा कार्यरत हुनुहुन्थ्यो । सिईओको कार्यकाल सम्पन्न भएसँगै डा. सापकोटा २०७७ असार मसान्तबाट अभियानको मुख्य जिम्मेवारीबाट बाहिर रहनुभएको थियो । केन्द्रीय संघको कार्यजिम्मेवारीमा रहेर नेपालको सहकारी अभियान सुदृढीकरणमा डा. सापकोटाको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप