नेफ्स्कूनको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

काठमाडौं । नेफ्स्कूनको ३६औं स्थापना दिवस श्रावण ३२ गते विशेष समारोहका बीच मनाइएको छ । संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित स्थापना दिवस समारोहको उद्घाटन प्रमुख अतिथि पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गर्नुभएको थियो । 

संघका अध्यक्ष परितोष पौड्यालले ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ भन्ने नेफ्स्कूनको थिम सार्वजनिक गर्नुभएको थियो । संघले गत बर्ष स्थापना दिवसका अवसरमा तय गरेको थिमलाई यस बर्ष पनि निरन्तरता दिएको हो । नेफ्स्कूनले आफ्ना नेटवर्कमा रहेका संस्थाहरुको वित्तीय सक्षमता र प्रतिस्पर्धात्मक स्थान कायम राख्न, प्रविधि र उपकरणको सुलभ उपलब्धतालाई सुनिश्चित गर्न प्रविधि विकासमा निरन्तर अग्रसर रहेको छ । 

समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि बडालले समाजबाद उन्मुख अर्थतन्त्र निर्माणको जग सहकारी क्षेत्र भएकोले यसलाई अगाडि बढाउन ऐनमा विद्यमान तगाराहरुलाई सर्वप्रथम हटाउनुपर्ने बताउनुभयो । संविधानको प्रस्तावनामा लेखिएको उक्त विषयलाई कार्यरुपमा ल्याउन सहकारी क्षेत्रलाई सवल, सक्षम प्रभावकारी र गतिशिल बनाउन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । समृद्ध मुलुक निर्माण गर्न सहकारीलाई उत्पादनशील क्षेत्रमा लैजानको लागि ४७ वटा ऐन बाधक भएकोले आज देशमा रोजगारी सृजना, निर्यात प्रवर्धन र पर्यटन क्षेत्रको विकासमा आँच आएको बतानुभयो । 

सहकारी मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि नेफ्स्कूनले गम्भीर रुपमा छलफल गरेर निराकरणको पहल गरोस्, सरकार त्यसमा हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेकपा माओवादीका सहकारी विभाग प्रमुख लिलामणि पोखरेल, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कार्यकारी उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै बचत ऋण सहकारी अभियानको जग निर्माण गर्ने अग्रजहरुप्रति सम्मान भाव प्रकट गर्नुभएको थियो ।

साधना कला केन्द्रको विविध सांस्कृतिक प्रस्तुति समेत रहेको समारोहको उत्कृष्ठ सञ्चालन महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । संघका व्यवस्थापन प्रमुख सञ्जयराज तिमिल्सीनाले साकोस अभियानको आगामी रणनीतिक मार्गदिशा सम्बन्धमा संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।  

संघले कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गरेका विभिन्न संघ संस्था, साकोस अभियानका उत्कृष्ट कर्मचारी एवं संस्थापक, अग्रज व्यक्तित्व र उत्कृष्ट पत्रकारिता सम्मान घोषणा गरेको थियो । त्यसैेगरि सीटीईभीटीबाट व्यवस्थापन कोर्ष उत्कृष्ट गरेका विद्यार्थीहरुलाई समेत दीक्षित गरिएको थियो । 

कार्यक्रममा संघ स्थापनाकालकी प्रथम प्रबन्धक अजेलिया रञ्जितकारलाई संघ स्थापनाकालमा युर्याउनुभएको योगदानको कदर गर्दै सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । संघले प्रत्येक ५ बर्षको अन्तरालमा प्रकाशन गर्दै आईरहेको नेफ्स्कून स्मारिका २०८० को विमोचन गरेको छ भने अभियानको ऐक्यबद्धता सहितको एकीकृत स्वनियमन मार्गनिर्देशन २०८० विमोचन गरेको छ । 

साथै संघले स्तरीकरण कार्यक्रम सम्बन्धी प्रोबेशन म्यानुअल, साकोसको जोखिम सुपरिवेक्षण म्यानुअल, र साकोसको वस्तु तथा सेवा विकास सम्बन्धी म्यानुअल विमोचन गरेको थियो । 
 
सोही अवसरमा संघका अध्यक्ष पौड्यालले पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई संघको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सहित नियुक्तीपत्र प्रदान गर्नुभएको थियो । 
 
कार्यक्रममा अध्यक्ष पौड्यालले साकोस अभियानको तर्फबाट मार्गदर्शन प्रस्तुत गर्दै २०४५ साल श्रावण ३२ गते विजारोपण भएको नेपालको साकोस अभियान जागरण, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जालिकरणको शिखरारोहण गर्दै ३६औं वर्ष प्रवेशको अवसरमा यसमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नुहुने अग्रहजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको थियो । उहाँले साकोस अभियानभित्र आज जागरण, सशक्तिकरण, गुणस्तर सुनिश्चितताका आयामहरु सहित अभियानको शुद्धीकरण र सुदृढीकरणका लागि प्रभाकारी सञ्चालन र कुशल नेतृत्वको अभिभारा संघको रहेको प्रष्ट पार्दै यसप्रति सरकारको ऐक्यवद्धताका लागि आव्हान गर्नुभएको थियो । नेफ्स्कून यतिबेला एकीकृत साकोस सञ्जालको लागि साझा प्रविधि विकासमा प्रयत्नरत छ अध्यक्ष पौड्यालले भन्नुभयो वर्तमान वदल्न र सुन्दर भविष्यको निर्माणमा हामी संकल्पित छौं ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहाल, सहकारी अभियानका अभियन्ताहरु, नेफ्स्कूनका पूर्व अध्यक्षहरु, पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालक समिति, विभागका उपरजिष्ट्रार, विभिन्न संघ संस्थाका व्यक्ति व्यक्तित्वहरुको आतिथ्यता सहित काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम संघको आधिकारिक फेसबुक पेज साकोस आवाज मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप