कर्णालीको सुर्खेतमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णालीको सुर्खेतमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य सेवा कार्यालयको आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम भाद्र १२ गते नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न भएको छ । 

नेफ्स्कूनले आबद्ध सदस्य संघ संस्थाहरुको आशन्न निर्वाचनसहितको साधारणसभालाई लक्षित गरि सहकारीमा देखिएका समस्याहरुको व्यवस्थापन र साकोस अभियानमा नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

नेफ्स्कूनको ३६औं स्थापना दिवस समारोहका अवसरमा श्रावण ३२ गते संघका अध्यक्ष परितोष पौड्यालले देशव्यापी रुपमा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको अभियान सञ्चालन गर्ने उद्घोष गर्नुभएको थियो । सोही अनुरुप ७ वटै प्रदेशमा नेतृत्व पुनर्जागरणका कार्यक्रम सञ्चालनको शुरुवात भएको छ । भाद्र ११ गते सुदूरपश्चिम प्रदेश–कैलालीको धनगढीमा कार्यक्रम सम्पन्न भएको थियो । 

सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष पौड्यालले साकोस अभियानमा कोअपरेटिभ लिडरसीप अन्तर्गत लिडरसिफ्टको आवश्यकता औल्याउनुभयो । उहाँले नयाँ आयाममा नयाँ गतिमा अगाडि बढ्न सहकारीको दार्शनिक मूल्यमा टेकेर परिवर्तन खोजिरहेको र यसका लागि इकोनमिक लिडरसीप साथै इगल लिडरसीप अवको आवश्यकता भएको बताउनुभयो ।  उहाँले मुलुकभर पुर्नजागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिंदै साकोस अभियान सफल बनाउन स्रोतको बाँडफाँड, सञ्चालनमा स्तरीकरण, करारीय ऐक्यबद्धता, सुशासन प्रवर्धनको रणनीति र आन्तरिक  नियमनको स्थापना गरेर अघि बढ्नुपर्ने औंल्याउनुभयो ।

कार्यक्रममा अतिथिको रुपमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुम प्रसाद सुवेदी, नेफ्स्कूनमा महासचिव दामोदर अधिकारी, नेफ्स्कूनका सञ्चालक यज्ञ प्रसाद ढकाल, माधव प्रसाद जोशी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, जिल्ला सहकारी संघ लि. सुर्खेतका अध्यक्ष अमृत बि.सी., जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष पदम दाहाल, नेफ्स्कून उद्यमशिल केन्द्रीय उपसमिति सदस्य वीर बहादुर रावत, सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर वि.सी, भुपेन्द्र बहादुर सिंह, बल बहादुर नेपालीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित सहभागिहरुलाई सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर वि.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो । अतिथिबाट मन्तव्य सञ्चालक यज्ञ प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी र रजिष्ट्रार खुम प्रसाद सुवेदीले राख्नु भएको थियो भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीका समसामयिक सवाल तथा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको आवश्यकता विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो र सहभागीहरुबाट आएका विभिन्न किसिमका जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नु भएको थियो ।  

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न सहकारी, संघसंस्था र निमायक निकाय गरी जम्मा १०५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सदस्य सेवा कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने आवश्यक व्यवस्थापन मदन कुमार चन्दले गर्नु भएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप