साकोसमार्फत कृषि तथा पर्यटन प्रवर्धनका लागि ऋण सेवा विकास विषयक कार्यशाला गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसमार्फत कृषि तथा पर्यटन प्रवर्धनका लागि ऋण सेवा विकास विषयक कार्यशाला गोष्ठी सञ्चालन

लुम्बिनी । नेफ्स्कूनको आयोजना र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी अन्तर्गतको ट्रेड एण्ड कम्पिटीटीभनेससँगको सहकार्यमा रुपन्देहीमा साकोसहरुको उत्पादनमुलक कर्जा नीति निर्माण समन्धी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ । 

नेफ्स्कून र यूएसएआईडी अन्तर्गतको ट्रेड एण्ड कम्पिटीटीभनेस बीच यसै वर्ष सम्पन्न सम्झौता अनुरुप यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालाको उद्देश्य सहभागी संस्थाहरुको विद्यमान ऋण लगानी नीति संशोधनमार्फत कम्तिमा एउटा कृषि र एउटा पर्यटनसम्बन्धी ऋण सेवा विकास गरी साना तथा मझौला उद्यमी सदस्यहरुलाई लाभान्वित गर्नु रहेको छ । यस प्रकारको कार्यले उद्यमशीलता प्रवर्धनमा समेत सहयोग पुर्याउने विश्वास द्धिपक्षीय साझेदारी सम्झौताले लिएको छ ।

कार्यक्रमका अतिथि ज्ञानु पौडेलले कृषि तथा पर्यटनको क्षेत्रमा साना तथा मझौला उद्यमीहरुलाई लगानी प्रवर्धन गर्ने विषयमा यो सहकार्य केन्द्रीत रहेको स्पष्ट पार्नुभयो  । उहाँले यो कार्यक्रमले साकोसको कर्जा नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कृषि र पर्यटनको क्षेत्रमा कर्जा प्रवाहलाई गुणस्तरीय वनाउने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय क्षेत्रको रुपमा लुम्बिनी प्रचुर सम्भावना बोकेको क्षेत्र पनि भएको हुँदा यो कार्यक्रम निकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 

नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटाले अनुत्पादक क्षेत्रमा भईरहेको लगानीलाई निरुत्साहित गर्दै संस्थाको कर्जा प्रवाहालाई राज्यको प्रथामिकताको क्षेत्रमा लगानीका लागि युएसएआईडी र नेफ्स्कूनको सहकार्यमा हालै सञ्चालनमा आएको यो कार्यक्रमले यस क्षेत्रका साकोसहरु लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रम नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटाको अध्यक्षता, जनउत्थान साकोस रुपन्देहीकी अध्यक्ष एवम् बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्याल र कोलिय देवदह साकोसका अध्यक्ष शुभकान्त न्यौपानेको आतिथ्यतामा भएको थियो ।  

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल र एक्सेस टु फाइनान्स सर्भिस म्यानेजर सञ्जय झा ले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका प्रमुख प्रकाश अधिकारले गर्नुभएको थियो । कार्यक्रममा रुपन्देहीका जनउत्थान साकोस, टुगा आस्था विकास साकोस, जागरुक साकोस र चितवनका झुवानी महिला साकोस, पञ्चतारा महिला साकोस र वछौली महिला साकोसबाट सञ्चालक समिति तथा व्यवस्थापकहरुको सहभागिता रहको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप