कोशी प्रदेश अन्तर्गत सुनसरीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोशी प्रदेश अन्तर्गत सुनसरीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

इटहरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य सेवा कार्यालय सुनसरीको आयोजनामा कोशी प्रदेश अन्तर्गत इटहरीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम भाद्र १५ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

नेफ्स्कूनले आबद्ध सदस्य संघ संस्थाहरुको आशन्न निर्वाचनसहितको साधारणसभालाई लक्षित गरि सहकारीमा देखिएका समस्याहरुको व्यवस्थापन र साकोस अभियानमा नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

नेफ्स्कूनको ३६औं स्थापना दिवस समारोहका अवसरमा श्रावण ३२ गते संघका अध्यक्ष परितोष पौड्यालले देशव्यापी रुपमा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको अभियान सञ्चालन गर्ने उद्घोष गर्नुभएको थियो । सोही अनुरुप ७ वटै प्रदेशमा नेतृत्व पुनर्जागरणका कार्यक्रम सञ्चालनको शुरुवात भएको छ । भाद्र ११ गते सुदूरपश्चिम प्रदेश–कैलालीको धनगढीमा र भदौ १२ गते कर्णालीको सुर्खेतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेति, कोशी प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाई, नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेल, निवर्तमान सञ्चालक चन्द्रा कुमारी खड्का, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत झापा, मोरङ जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाका अध्यक्ष, पदाधिकारीहरु, सञ्चालक समिति सदस्यहरु एवं व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित सहभागिहरुलाई सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक एवम् नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालक घनश्याम अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीका समसामयिक सवाल तथा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको आवश्यकता विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो र सहभागीहरुबाट आएका विभिन्न किसिमका जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नु भएको थियो ।  

कार्यक्रममा कोशी प्रदेशका विभिन्न सहकारी, संघसंस्था र नियामक निकायका गरी जम्मा २०० भन्दा बढीको उपस्थिति रहेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप