जनउत्थान साकोस र चण्डेश्वरी साकोस एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोस र चण्डेश्वरी साकोस एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल  

काठमाडौं । एशियाली ऋण महासंघ आकु र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा सञ्चालनमा रहेको A1 Competitive Choice for Excellence in Services & Soundness मा सन २०२३ को अन्तिम परीक्षणमा रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । 

ब्यालेन्स स्कोर कार्डमा आधारित ४ वटा परिवेशहरु क्रमशः वित्तीय, सदस्य, आन्तरिक व्यवसायिक र सिकाई एवं वृद्धिका कुल ८६ वटा सूचकहरुमा कार्यसम्पादनको परिणामहरु प्रस्तुत गरेपछि सो को आधारमा सुपरिवेक्षकीय परीक्षण हुँदै एशियाली ऋण महासंघबाट अन्तिम परीक्षणपश्चात प्रमाणीकरण गरिने यस गुणस्तर सुनिश्चितता मापदण्डको परीक्षणमा सहभागी हुन शुद्ध संस्थागत पूँजी कम्तिमा ५ प्रतिशत, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम र पर्ल्स मापदण्ड बमोजिम आवश्यक सुरक्षण कोष कायम गरिएको थियो । हरेक परिवेशमा कम्तिमा ५० प्रतिशत अंकभार प्राप्त गरिएको थियो भने सुशासन, व्यवस्थापकीय कुशलता एवं प्रभावकारिता, दुरदृष्टि, ध्येय, उद्देश्य एवं स्पष्ट रणनीतिक व्यवसायिक मार्गचित्र, फिट एण्ड प्रोपर टेस्ट, सदस्य सन्तुष्टी, प्रविधिको प्रयोग, भौतिक सुरक्षाका मानक एवं पर्ल्स मापदण्ड बमोजिमका वित्तीय मानकहरुको कायम जस्ता मुख्य परीक्षणका सूचकहरुमा संस्थाहरुले अब्बल परिणाम हासिल गरेका छन् । 

४० हजार ६०० भन्दा बढी सदस्यहरु र ३ अर्ब ३३ करोडको कारोबार भएको जनउत्थान बचत तथा ऋण सहकारीको शुद्ध संस्थागत पूँजी ८.१९ प्रतिशत रहेको छ । १० वटा सेवा केन्द्र र ८ वटा संकलन केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको यस सहकारीले विशेषतः लघु उद्यम व्यवसायहरुमा लघु ऋणहरु प्रदान गरेको छ । विषम परिस्थितीमा पनि निरन्तर सदस्यको हितमा काम गरिरहेको यस संस्थाले कोभिडको विषम समयमा कृषकहरुको उत्पादन बजारीकरणको लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरेको थियो । यस संस्थाको कुल बचतमध्ये ४१.५ प्रतिशत नियमित मासिक बचत रहेको छ भने कुल धन सिर्जना गर्ने बचतको भार ५६.८ प्रतिशत रहेको छ ।

९ हजार १ सय २२  सदस्य र १ अर्ब २९ करोडको वासलात भएको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको शुद्ध संस्थागत पूँजी १०.३१ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा पनि साझा बन्धन कायम गर्दै स्थानीय समुदायमा कारोबार गरिरहेको यस संस्थाले हायरपर्चेज ऋण र व्यवसायिक ऋणहरुलाई प्राथमिकतामा राखेको छ । कुल बचतको २७ प्रतिशत धन सिर्जना गर्ने बचत रहेको यस संस्थामा कुल बचतको १७ प्रतिशत नियमित मासिक बचत रहेको छ ।

दुवै संस्थाले नविनतम प्रविधिहरुमा जोड दिँदै मोबाईल बैंकिङ, क्यु आर कोड, ए.टि.एम,को सुविधा प्रदान गर्नुको साथै सदस्यहरुमा प्रविधि सुरक्षा तथा प्रयोग सम्बन्धी साक्षरतामा जोड दिएको छ । संस्थाले सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउन उद्यमशिलता विकास तालिम एवं असल वित्तीय अभ्यासको लागि वित्तीय साक्षरतालाई विशेष जोड दिईएको छ ।

कोभिडपश्चात नेपालमा आर्थिक विषमताका बीच पनि  एक्सेसका सूचकहरुमा उत्कृष्टता प्रदर्शन गर्न सफल दुबै साकोसहरुलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । 

संस्थाको बारेमा थप जानकारी पाउन :
https://www.janautthan.com/
https://www.chandeshwori.coop.np/en/about_us#introduction


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप