सुर्खेत र दैलेखका कर्ब्स समूहको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेत र दैलेखका कर्ब्स समूहको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

सुर्खेत । नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत सुर्खेत र दैलेखमा सञ्चालित साकोसहरुको कर्ब्समा आबद्ध समूहको १४ औैं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिबार सम्पन्न भएको छ ।  

श्री जनसेवक साकोस, घोडाबास, दैलेखको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष कृष्ण बहादुर मल्लले गर्नुभएको थियो । 
 
कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन आयोजक संस्थाका व्यवस्थापक विपिन गुरुङ्गले गर्नुभएको थियो ।

कार्यक्रममा आयोजक संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति साथै उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने स्तरीकरण कार्यक्रममा आवद्ध सुर्खेत जिल्लाका ६ वटा सहकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष कुश्मा गुरुङ्गले सहभागीहरुलाई स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सफलताका लागि नेफ्स्कून सदस्य सेवा कार्यालयका इन्चार्ज चन्द्र प्रसाद जोसीले समसामयिक विषयवस्तुमा रहेर शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा आवद्ध समाजकल्याण साकोस, भेरी कर्णाली साकोस, पूर्ण सक्रिय समाज साकोस, स्वाबलम्बी साकोस, प्रगतिशिल महिला साकोस, भविष्य उज्वल साकोस र आयोजक संस्थाका प्रतिनिधिहरुले क्रमशः प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रमका विचमा कार्यक्रम अधिकृत पवन जंग मल्लले पर्ल्स र तरलता व्यवस्थापन विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

समापन कार्यक्रममा सहभागी संस्था समाज कल्याण साकोसका अध्यक्षले कार्यक्रममा भएका प्रस्तुतीकरण र साकोसहरुको अवस्थाको बारेमा जानकारी तथा सिकाई भएको जानकारी गराउनुहुदै आगामी दिनहरुमा अन्य साकोसहरुलाई पनि आवद्ध गराउनुपर्ने धारणा राख्नुभएको थियो । समापन कार्यक्रममै आयोजक संस्थाका तर्फबाट दैलेख जिल्लामा भएका ऐतिहासिक र पुरातात्विक सम्पदाहरु राखिएको मायाँको चिनो सहभागीहरुलाई प्रदान गरिएको थियो । झट्ट हेर्दा भड्किलो चलन जस्तो भएता पनि सहभागीहरु दैलेख जिल्ला भन्दा बाहिरको भएकाले दैलेख जिल्लाको आन्तरिक पर्यटन पवर्धनमा टेवा पुग्ने हिसाबले पनि यसो गरिएको संस्थाका व्यवस्थापकले जानकारी गराउनु भएको थियो ।

२८ जना सहभागी भएको कार्यक्रमको समापन आयोजक संस्थाका अध्यक्षले आफ्ना भनाईहरु राख्दै र आगामी १५औं पार्म वर्कसप मिति २०८० पौष १४ गते भेरी कर्णाली साकोस विरेन्द्रनगर सुर्खेतले गर्ने जानकारी गराउनुहुदै कार्यक्रमको समापन भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप