बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य सेवा कार्यालय चितवनको आयोजनामा बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम भाद्र १६ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले आबद्ध सदस्य संघ संस्थाहरुको आशन्न निर्वाचनसहितको साधारणसभालाई लक्षित गरि सहकारीमा देखिएका समस्याहरुको व्यवस्थापन र साकोस अभियानमा नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी बैँक का अध्यक्ष के.बी. उप्रेति को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, प्रोस्कून सञ्चालक सदस्य तेजेन्द्र बहादुर खड्का, नेफ्स्कूनका पूर्व सञ्चालक भरत प्रसाद दवाडी, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना लगायत चितवन, मकवानपुर, धादिङ, नवलपुर जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाका अध्यक्ष, पदाधिकारीहरु, सञ्चालक समिति सदस्यहरु एवं व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा २३० भन्दा बढी सहभागीहरुको उपस्थिति रहको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई नेफ्स्कून लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थिया भने सञ्चालक सदस्य एवंम चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति संयोजक विद्या कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत संजय राज तिमिल्सीना ले सहकारीका समसामयीक सवाल तथा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको आवश्यकता विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । विद्यमान अवस्थामा सहकारी अभियानले सामना गर्नुपरेका समस्या साथै सहकारी अभियानलाई दिगो र भरपर्दो रुपमा विश्वसनियता कायम राख्न सहकारीकर्मीहरु आफ्नो भुमिकामा विचलित नभइ अगाडी बढ्नुपर्ने कुरा आफ्नो भनाई मार्फत राख्नुभयो भने सहभागीहरुबाट आएका विभिन्न जिज्ञासाहरुको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।

प्रमुख अतिथि के.बी उप्रेती ले केही सहकारी संस्थाहरु निति विधि अनूरुप सञ्चालन नभई आ आफ्नै मनोमानीका साथ सञ्चालन हुँदा सहकारी अभियान नै समस्यामा परेकोले वित्तीय संस्थाहरुले सहकारी प्रति अफवाह फैलाउने, नकरात्मकता देखाउने गरेको बताउनुभयो । नेफ्स्कूनको अभिभावकत्वमा सहकारी अभियानलाई अगाडि बढाउने, निति विधि अनुरुप सञ्चालन नभएका सहकारीलाई कानुको दायरामा ल्याउने कुरामा प्रतिवद्धता जनाउनुभयो ।

सभाध्यक्ष परितोष पौड्यालले स्तरीकरण कार्यक्रमबाट सम्पूर्ण सहकारीलाई निति विधि प्रविधिमा जोड्न सकिने साथै सुशासनमा पनि जोड्न सकिने कुरा औल्याउनुभयो । एकीकृत प्रविधिमा सहकारीहरुलाई जोड्न सके सहकारीहरुमा हुने जोखिमलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिनुभयो । सहकारी अभियानलाई दिगो बनाउन राज्यका निकायहरुसँग Lobbing & Advocacy  गर्ने कुरामा कुनै कसर बाँकी नराखी  नेफ्स्कूनले अभिभावकत्व को जिम्मेबारी बहन गर्नेकुरामा विश्वत रहन अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप