एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस गण्डकी क्लष्टर तेस्रो व्याचको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।  

कार्यशालाको उद्घाटन गर्दै जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले सहकारीमार्फत समाज रुपान्तरण भइरहेको बताउनुभयो ।

उपप्रमुख शर्माले पछिल्लो समय केही सहकारीका सञ्चालकले बदमासी गर्दा समाजमा राम्रो काम गरि रहेका सहकारीमाथि समस्या आएको बताउनुभयो । नीति र सिद्धान्त अनुसार सेवा प्रवाह गरे कुनै पनि सहकारीमा समस्या नआउने उहाँको भनाइ छ । शर्माले नाफा मुलक मात्रै नभई उत्पादन मुलक काम पनि गर्नु पर्नेमा जोड दिनुभयो ।

“बागलुङमा धेरै राम्रो–राम्रो काम गरेका सहकारीहरु पनि छन्, तर केही बदनामी भएका सहकारीका कारण राम्रा सहकारी पनि समस्यामा परेको देखिन्छ, सहकारीले समाज परिवर्तन गर्न ठूलो भूमिका खेलेका छन्” उपप्रमुख शर्माले भन्नुभयो – “हामी स्थानीय सरकार पनि सहकारीको राम्रो काममा साथ छौं, सहकार्य गरेर समाज बदल्न पनि चाहान्छौं ।”

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी अञ्जु, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बागलुङ, स्याङ्जा, कास्की र गोरखाका विभिन्न सहकारीका सञ्चालक, व्यवस्थापक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र सहसचिव सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सदस्य संस्थाहरुको संस्थागत विकास र सुदृढीकरणका लागि नेफ्स्कूनले प्रवर्धन गरेको एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी गण्डकी क्लष्टर तेस्रो व्याचमा सहभागी संस्थाहरुले आ–आफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए ।

तरलता संकुचन, ऋण मागको चाप, केही सहकारी संस्थाहरुको गलत अभ्यासका कारण वर्तमान समयमा सामना गर्नुपरेको चुनौतीका विषयमा समेत कार्यक्रममा समिक्षा गरिएको थियो ।
 
कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पेशल कुमार खड्काले गर्नु भएको थिए । समापन कार्यक्रम सहकारीका सहसचिव सुवास आचार्यको सञ्चालन र संस्थाका सल्लाहकार सिता शर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप