एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न
रञ्जनमणि पौड्याल
- रञ्जनमणि पौड्याल
एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस गण्डकी क्लष्टर तेस्रो व्याचको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।  

कार्यशालाको उद्घाटन गर्दै जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले सहकारीमार्फत समाज रुपान्तरण भइरहेको बताउनुभयो ।

उपप्रमुख शर्माले पछिल्लो समय केही सहकारीका सञ्चालकले बदमासी गर्दा समाजमा राम्रो काम गरि रहेका सहकारीमाथि समस्या आएको बताउनुभयो । नीति र सिद्धान्त अनुसार सेवा प्रवाह गरे कुनै पनि सहकारीमा समस्या नआउने उहाँको भनाइ छ । शर्माले नाफा मुलक मात्रै नभई उत्पादन मुलक काम पनि गर्नु पर्नेमा जोड दिनुभयो ।

“बागलुङमा धेरै राम्रो–राम्रो काम गरेका सहकारीहरु पनि छन्, तर केही बदनामी भएका सहकारीका कारण राम्रा सहकारी पनि समस्यामा परेको देखिन्छ, सहकारीले समाज परिवर्तन गर्न ठूलो भूमिका खेलेका छन्” उपप्रमुख शर्माले भन्नुभयो – “हामी स्थानीय सरकार पनि सहकारीको राम्रो काममा साथ छौं, सहकार्य गरेर समाज बदल्न पनि चाहान्छौं ।”