पोखरामा गण्डकी प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा गण्डकी प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम सम्पन्न 

कास्की । नेफ्स्कूनको आयोजनामा गण्डकी प्रदेशस्तरीय नेतृत्व पुनःजागरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कडेलले सीमित सहकारी संस्थाहरु निति विधि अनुरुप सञ्चालन नभई आ आफ्नै मनोमानीका साथ सञ्चालन हुँदा समग्र सहकारी अभियान समस्यामा परेको हो की भन्ने भ्रम सृजना भएको बताउनुभयो । नेफ्स्कूनको अभिभावकत्वमा वित्तीय सहकारी अभियानलाई अगाडि बढाउने, निति विधि अनुरुप सञ्चालन नभएका सहकारीलाई कानुको दायरामा ल्याउने कुरामा नेफ्स्कून प्रतिवद्ध रहेको अध्यक्ष कडेलले प्रष्ट पार्नुभयो । 

सभाध्यक्ष परितोष पौड्यालले स्तरीकरण कार्यक्रमबाट सम्पूर्ण सहकारीलाई निति विधि प्रविधिमा जोड्न र प्रविधिको माध्यमबाट दिगो संस्था र समृद्ध सदस्य निर्माणमा जुट्न प्रयत्न गरिरहेकोे बताउनुभयो । उहाँले आजको सबैभन्दा प्रधान विषय स्तरीकरण र सञ्चालन प्रणालीमा एकरुपता रहेको बताउनुभयो । अव नीति, विधि र प्रविधिमा एकरुपता चाहिएको छ, उहाँले भन्नुभयो, “सञ्चालन प्रणालीमा स्तरीयता आजको अपरिहार्यता हो, सँगै सञ्जालीकरणको अर्को आयाममा हामीले करारीय ऐक्यबद्धता मार्फत सम्पूर्ण संघहरु एक  भएर अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीका समसामयिक सवाल तथा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको आवश्यकता विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । विद्यमान अवस्थामा सहकारी अभियानले सामना गर्नुपरेका समस्या साथै सहकारी अभियानलाई दिगो र भरपर्दो रुपमा विश्वसनियता कायम राख्न सहकारीकर्मीहरु आफ्नो भूमिकामा विचलित नभइ अगाडी बढ्नुपर्ने कुरा आफ्नो भनाई मार्फत राख्नुभयो भने सहभागीहरुबाट आएका विभिन्न जिज्ञासाहरुको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई नेफ्स्कून लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थिया भने सञ्चालक सदस्य कमलादेवी गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमका अतिथिहरुमा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, सञ्चालक कमलादेवी गिरी, राष्ट्रिय सहकारी महासंघकी सञ्चालक हुमाकुमारी जि.सी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी., नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, नेफ्स्कूनका निवर्तमान सञ्चालक भिमबहादुर गुरुङ, नेफ्स्कून सदस्य सेवा कार्यालय पोखरा र लमजुङका उपसमिति सदस्यहरु रहनुभएको थियो भने गण्डकी प्रदेशका विभिन्न जिल्लाका सहकारी संघ संस्थाबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन प्रमुखहरु गरी २ सय ७० जनाको उपस्थिति रहेको थियो ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप