सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले दिने प्रतिवेदन दराजमा थन्किँदैनः सचिव दुवाडी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले दिने प्रतिवेदन दराजमा थन्किँदैनः सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका समस्या समाधानमा सरकारको तर्फबाट गम्भीर रहेको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को भाद्र १९ गते आयोजित १३औं बार्षिकोत्सब समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सचिव दुवाडीले सहकारी क्षेत्रसँग सम्बद्ध सबै संघ संस्था र निकायका हामी सबैले आफ्नो आफ्नो क्षेत्रमा परेका जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेमा समस्याबाट पार पाउन सकिने स्पष्ट पार्नुभयो । 

सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले ल्याउने प्रतिवेदन वित्तीय सहकारीका सिद्धान्त विमुख भएमा कुनैपनि हालतमा मान्य नहुने नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अभिव्यक्तिलाई इंगित गर्दै सचिव दुवाडीले कार्यदलको प्रतिवेदन दराजमा थक्किने खालको नहुने प्रष्ट पार्नुभएको थियो । सरकारको कार्यव्यस्तताका कारण कार्यदलको समयावधि पुनः एक महिना थप गरिएको जानकारी गराउँदै सचिव दुवाडीले कार्यदलमा गहन छलफल गरेर अन्तिम रुप दिने तयारीमा रहेको बताउनुभयो । अघिल्ला प्रतिवेदनहरुले उठाएका विषयहरुलाई सम्बोधन गर्ने क्रममा कार्यान्वयन गर्ने निकायले तदारुकता नदेखाएको अथवा अभियानले लिएको लक्ष्य, उद्देश्य, प्रतिवेदन, निशानिर्देश र प्रतिवेदनले उठाएका विषयहरुमा तादात्म्यता नमिलेका कारणले समस्या आएको उहाँले जिकिर गर्नुभयो । सरकारले सहकारी क्षेत्रको  तत्कालिन, मध्यकालिन र दीर्घकालिन समस्या समाधानका लागि गहन छलफल गरेर सुझावहरु संकलनको काम भएको  र पत्रकारहरुको तर्फबाट पनि खबरदारीको काम भइरहेको हुँदा यसबाट उचित खालको प्रतिवेदन तयार हुनेछ भन्नेमा विश्वस्त रहेको बताउँदै सुझाव कार्यान्वयनमा सरकारको तर्फबाट प्रतिबद्ध रहने विचार व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नेपाल सहकारी पत्रकार समाजको १३ औं वार्षिकोत्सवको शुभकामना दिँदै सहकारीको विकासमा सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भुमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । सहकारी संस्थाले अत्यन्त ठूलो संख्यामा सदस्यहरुलाई आवद्ध गर्ने, पुँजी निर्माण गर्ने, सदस्यहरुलाई व्यावसायीक बनाएर आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भएपनि केही सीमित संस्थाको बदमासीका कारणले समग्र सहकारी क्षेत्रमा नराकारात्मक प्रभाव परेको वताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी क्षेत्रलाई सुव्यवस्थित ढंगले स्वनियमनमा, सुशासनमा चलाउन नसक्दा समस्याहरु उत्पन्न भएका हुन्, यसमा सरकार, अभियान र पत्रकार तीनै पक्षको भूमिका महत्वपूर्ण रहन्छ ।” वास्तवमा राष्ट्र निर्माण जस्तै गरिबी न्यूनीकरण, दिगो विकास लक्ष्य प्राप्ति र समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको थिमलाई पुरा गर्ने सन्दर्भमा सहकारी क्षेत्रको असाध्यै ठूलो भूमिका रहेको र यसमा पत्रकारहरुले आ आफ्नो भूमिकामा रहेर खबरदारीको काम गरिरहेको स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सशक्त सहकारी अभियान निर्माणमा सहकारी ऐनको कार्यान्वयनको पक्ष कमजोर भएका कारण सदस्य र संस्था बीचको सम्बन्ध र संस्था र समाजबीचको समन्धमा दरार सृजना हुँदा त्यो पक्षको सुधारमा सरकार जिम्मेवार बन्न नसक्नुको परिणाम आजको समस्या रहेको बताउनुभयो । सक्षम अभियान र सक्षम जनशक्ति निर्माण गर्ने पक्षमा राज्यको उदाशिनता रह्यो, अब यसको समस्या समाधानका लागि सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले स्पष्ट मार्गनिर्देश गर्नुपर्छ, यदि कार्यदलको प्रतिवेदन सहकारीको विश्वव्यापी सिद्धान्तको रक्षा गर्ने दिशामा आउन सकेन भने यसले नेपालको सहकारी अभियानलाई मार्गप्रशस्त गर्न नसक्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कार्यदलको सदस्य हामीमाझ हुनुहुन्छ, यदि वित्तीय सहकारीको सिद्धान्त सम्बोधन नहुने गरि कार्यदलको प्रतिवेदन हस्ताक्षर भएमा अभियानको तर्फबाट खबरदारी गर्छाैं ।” 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडीले नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गर्नुभएको थियो भने सिजेएन संस्थापक सम्मान सिजेएनकी संस्थापक सदस्य शर्मिला ठकुरीलाई प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, समाजका संस्थापक अध्यक्ष यादव हुमागाई र पूर्व अध्यक्ष डिल्ली सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाजका सचिव अर्जुन खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप