सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले दिने प्रतिवेदन दराजमा थन्किँदैनः सचिव दुवाडी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले दिने प्रतिवेदन दराजमा थन्किँदैनः सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका समस्या समाधानमा सरकारको तर्फबाट गम्भीर रहेको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को भाद्र १९ गते आयोजित १३औं बार्षिकोत्सब समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सचिव दुवाडीले सहकारी क्षेत्रसँग सम्बद्ध सबै संघ संस्था र निकायका हामी सबैले आफ्नो आफ्नो क्षेत्रमा परेका जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेमा समस्याबाट पार पाउन सकिने स्पष्ट पार्नुभयो । 

सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले ल्याउने प्रतिवेदन वित्तीय सहकारीका सिद्धान्त विमुख भएमा कुनैपनि हालतमा मान्य नहुने नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अभिव्यक्तिलाई इंगित गर्दै सचिव दुवाडीले कार्यदलको प्रतिवेदन दराजमा थक्किने खालको नहुने प्रष्ट पार्नुभएको थियो । सरकारको कार्यव्यस्तताका कारण कार्यदलको समयावधि पुनः एक महिना थप गरिएको जानकारी गराउँदै सचिव दुवाडीले कार्यदलमा गहन छलफल गरेर अन्तिम रुप दिने तयारीमा रहेको बताउनुभयो । अघिल्ला प्रतिवेदनहरुले उठाएका विषयहरुलाई सम्बोधन गर्ने क्रममा कार्यान्वयन गर्ने निकायले तदारुकता नदेखाएको अथवा अभियानले लिएको लक्ष्य, उद्देश्य, प्रतिवेदन, निशानिर्देश र प्रतिवेदनले उठाएका विषयहरुमा तादात्म्यता नमिलेका कारणले समस्या आएको उहाँले जिकिर गर्नुभयो । सरकारले सहकारी क्षेत्रको  तत्कालिन, मध्यकालिन र दीर्घकालिन समस्या समाधानका लागि गहन छलफल गरेर सुझावहरु संकलनको काम भएको  र पत्रकारहरुको तर्फबाट पनि खबरदारीको काम भइरहेको हुँदा यसबाट उचित खालको प्रतिवेदन तयार हुनेछ भन्नेमा विश्वस्त रहेको बताउँदै सुझाव कार्यान्वयनमा सरकारको तर्फबाट प्रतिबद्ध रहने विचार व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नेपाल सहकारी पत्रकार समाजको १३ औं वार्षिकोत्सवको शुभकामना दिँदै सहकारीको विकासमा सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भुमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । सहकारी संस्थाले अत्यन्त ठूलो संख्यामा सदस्यहरुलाई आवद्ध गर्ने, पुँजी निर्माण गर्ने, सदस्यहरुलाई व्यावसायीक बनाएर आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भएपनि केही सीमित संस्थाको बदमासीका कारणले समग्र सहकारी क्षेत्रमा नराकारात्मक प्रभाव परेको वताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी क्षेत्रलाई सुव्यवस्थित ढंगले स्वनियमनमा, सुशासनमा चलाउन नसक्दा समस्याहरु उत्पन्न भएका हुन्, यसमा सरकार, अभियान र पत्रकार तीनै पक्षको भूमिका महत्वपूर्ण रहन्छ ।” वास्तवमा राष्ट्र निर्माण जस्तै गरिबी न्यूनीकरण, दिगो विकास लक्ष्य प्राप्ति र समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको थिमलाई पुरा गर्ने सन्दर्भमा सहकारी क्षेत्रको असाध्यै ठूलो भूमिका रहेको र यसमा पत्रकारहरुले आ आफ्नो भूमिकामा रहेर खबरदारीको काम गरिरहेको स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सशक्त सहकारी अभियान निर्माणमा सहकारी ऐनको कार्यान्वयनको पक्ष कमजोर भएका कारण सदस्य र संस्था बीचको सम्बन्ध र संस्था र समाजबीचको समन्धमा दरार सृजना हुँदा त्यो पक्षको सुधारमा सरकार जिम्मेवार बन्न नसक्नुको परिणाम आजको समस्या रहेको बताउनुभयो । सक्षम अभियान र सक्षम जनशक्ति निर्माण गर्ने पक्षमा राज्यको उदाशिनता रह्यो, अब यसको समस्या समाधानका लागि सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले स्पष्ट मार्गनिर्देश गर्नुपर्छ, यदि कार्यदलको प्रतिवेदन सहकारीको विश्वव्यापी सिद्धान्तको रक्षा गर्ने दिशामा आउन सकेन भने यसले नेपालको सहकारी अभियानलाई मार्गप्रशस्त गर्न नसक्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कार्यदलको सदस्य हामीमाझ हुनुहुन्छ, यदि वित्तीय सहकारीको सिद्धान्त सम्बोधन नहुने गरि कार्यदलको प्रतिवेदन हस्ताक्षर भएमा अभियानको तर्फबाट खबरदारी गर्छाैं ।” 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडीले नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गर्नुभएको थियो भने सिजेएन संस्थापक सम्मान सिजेएनकी संस्थापक सदस्य शर्मिला ठकुरीलाई प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, समाजका संस्थापक अध्यक्ष यादव हुमागाई र पूर्व अध्यक्ष डिल्ली सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाजका सचिव अर्जुन खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप