दोलखामा सहकारीहरुका लागि गोएएमएल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा सहकारीहरुका लागि गोएएमएल तालिम सञ्चालन

दोलखा । नेपाल राष्ट्र बैंक र सहकारी विभागको निर्देशन अनुसार सहकारी संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण विरुद्धको एन्टी मनी लाउन्डरी सिस्टम (गोएएमएल) सफ्टवयेरमा आबद्ध गर्ने उद्देश्यसहित दोलखाका सहकारीहरुका लागि तालिम सञ्चालन गरिएको छ । 

दोलखा जिल्ला बचत संघ र नेफ्स्कूनको साझेदारीमा भाद्र १९ गते सञ्चालित तालिममा जिल्लाका विभिन्न सहकारी संघ संस्थाबाट २९ जनाको सहभागिता रहेको थियो । तालिम उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघका उपाध्यक्ष जगत सुबेदीको अध्यक्षता र राष्ट्र बैंकका निवर्तमान निर्देशक तथा तालिमका सहजकर्ता श्याम कृष्ण दाहालको आतिथ्यतामा भएको थियो । 

१० करोड भन्दा माथिको कारोबार गर्ने सहकारी सस्थाहरुले गोएएमएल प्रणालीमार्फत प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था अनुरुप दोलखाका संस्थाहरुलाई लक्षित गरी सो विषयको तालिम आयोजना गरिएको हो । नेपाल राष्ट्र बैङ्कले १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले गोएएमएल सफ्टवयेरमार्फत राष्ट्र बैङ्कलाई प्रतिवेदन गर्नुपर्ने व्यवस्था छ ।

कार्यक्रमका सभाध्यक्ष सुवेदीले तालिम अत्यन्त प्राविधिक र महत्वपूर्ण रहेको हुँदा तालिमप्रति विशेष ध्यान दिएर आफूलाई अस्पष्ट लागेको विषयहरुमा छलफल गर्न र सिकेको ज्ञान सीपलाई संस्थामा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । प्रशिक्षक दाहालले तालिम विशुद्ध व्यवहारिक अभ्यास केन्द्रित हुने हुँदा सहभागीहरुलाई तालिम पश्चात कार्यान्वयनमा सहजता हुने स्पष्ट पार्नुभयो । 

तालिमका सहभागी प्रतिनिधिहरुले तालिमबाट प्राप्त ज्ञान सीप कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको सञ्चालन नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालयका प्रमुख दिनेश गौतमले गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन दोलखा जिल्ला बचत संघका व्यवस्थापक राजकुमार शिवभक्तिले गर्नु भएको थियो । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई जारी गरिएको निर्देशिका, २०७४ दफा १९ र २० बमोजिम सबै सहकारी संस्थाको सीमा कारोबार प्रतिवेदन (टीटीआर) शङ्कास्पद कारोबार प्रतिवेदन (एसटीआर) तोकिएको ढाँचामा राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइमा पठाउनुपर्ने व्यवस्था छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप