बनेपामा बागमती प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनःजागरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बनेपामा बागमती प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनःजागरण कार्यक्रम सम्पन्न

काभ्रे । नेफ्स्कूनको आयोजनामा बागमती प्रदशस्तरीय साकोस अभियानको नेतृत्व पुनःजागरण कार्यक्रम मंगलबार बनेपामा सम्पन्न भएको छ । कार्यक्रममा संघका सञ्चालक सदस्य जिवसराज खड्काको अध्यक्षता र संघका बरीष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख व्यक्तित्वमा कार्यक्रम सम्पन्न्न भएको थियो । 

कार्यक्रममा सम्बोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनले बर्तमान समयमा सहकारी अभियानमा देखिएको समस्या समाधान गर्नको लागि प्रतिबद्ध रहेको बताउनुभयो । नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुसँग फर्केर जसरी सुमधुर सम्बन्ध पुनः स्थापना गर्न खोजेर यस्ता कार्यक्रमहरु गरेको छ त्यसरीनै आफ्ना प्रारम्भिक संस्थाहरुले पनि आफ्ना सदस्यहरुसँग फर्केर सदस्य सँगको सम्बन्ध सुधार गर्नको लागि अपिल गर्नु भयो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीका समसामयिक सवाल तथा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको आवश्यकता विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । विद्यमान अवस्थामा सहकारी अभियानले सामना गर्नुपरेका समस्या साथै सहकारी अभियानलाई दिगो र भरपर्दो रुपमा विश्वसनियता कायम राख्न सहकारीकर्मीहरु आफ्नो भूमिकामा विचलित नभई अगाडि विचार व्यक्त गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतीकरणका क्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बन्धमा समेत प्रमुख कार्यकारी अधिकृत सापकोटाले प्रष्ट पार्नु भएको थियो । 

प्रमुख कार्यकारी अभिकृतको प्रस्तुतीकरण पश्चात बरिष्ठ उपाध्यक्ष ढकालले साकोस अभियानको नेतृत्वसँग समसामयिक बिषयमा अन्तरक्रिया समेत सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमका अतिथिहरुमा नेफ्स्कूनका सञ्चालक मन्दरा मिश्र, बचत तथा ऋण सहकारी सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिका सदस्य प्रकाश बञ्जारा, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, नेफ्स्कून सदस्य सेवा कार्यालय बनेपाका उपसमिति सदस्यहरु, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा रहनुभएको थियो भने बागमती प्रदेशका विभिन्न जिल्लाका सहकारी संघ संस्थाबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन प्रमुखहरु गरी ३ सय ८० जनाको उपस्थिति रहेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप