महोत्तरीको बर्दिबासमा “साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम” सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महोत्तरीको बर्दिबासमा “साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम” सम्पन्न

काठमाडौं । प्रदेशस्तरीय रुपमा देशव्यापी सञ्चालनमा रहेको साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम महोत्तरीको बर्दिबासमा मंगलबार सम्पन्न भएको छ । 

संघले साकोस संस्कृतिको विषयमा सुसूचित गर्दै वित्तीय विश्लेषण तथा जोखिम पहिचानको संयन्त्रलाई विकास गरि जोखिम न्यूनिकरण गर्न, वित्तीय ऐन, सञ्जाल सहकार्य र अभियानमा स्थिरीकरण कोषको आवश्यकता तथा महत्वको विषयमा साकोस अभियान्ताहरुलाई प्रशिक्षित गरी स्वयंसेवी मार्फत आम जनसमुदायमा सहकारी प्रतिको विश्वास पुनःजागरण गर्न संघले चालु आ.व.को वार्षिक कार्यक्रम तथा नीति बमोजिम अभियानको रुपमा  “साकोस अभियानको नेतृत्व पुनःजागरण कार्यक्रम” देशव्यापी सञ्चालन गरेको हो । 

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रमका अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईं, जिल्ला सहकारी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, नेफ्स्कूनका सञ्चालक हरेराम प्रसाद, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सीना लगायत प्रदेश भित्रका विभिन्न जिल्ला बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु, व्यवस्थापकहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष पौड्यालले वित्तीय सहकारीका सिद्धान्तहरुको रक्षा गर्न नसके अभियानलाई सहि दिशा निर्देश गर्न नसकिने, सुशासन कमजोर हुदै जाने धारणा राख्नु भयो । वित्तिय सहकारीमा सुशासन कायम गरि सदस्यको बचत सेयरको सुरक्षाको प्रत्यभूति गर्न स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष मुख्य माध्यम रहेको धारणा राख्नु भयो । संघले सहकारी अभियानमा समस्या सृजाना भएको भ्रमको अन्त्य गर्न देश भर नेतृत्वको पुन जागरण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनले बर्तमान समयमा सहकारी अभियानमा देखिएको समस्या समाधान गर्नको लागि प्रतिबद्ध रहेको बताउनुभयो । नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुसँग फर्केर जसरी सुमधुर सम्बन्ध पुनः स्थापना गर्न खोजेर यस्ता कार्यक्रमहरु गरेको छ, त्यसरीनै आफ्ना प्रारम्भिक संस्थाहरुले पनि आफ्ना सदस्यहरुसँग फर्केर सदस्य सँगको सम्बन्ध सुधार गर्नको लागि अपिल गर्नु भयो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले संघ प्रारम्भिक संस्थाहरुको साथै जिल्ला बचत संघ र प्रदेश बचत संघको पनि अभिभावक भएकोले समग्र अभियानलाई एकतावद्ध बनाउन नेतृत्व लिनुपर्ने धारणा राख्नु भयो । 

साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम सहजीकरण संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सीनाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जनकपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य गंगा बलम्पाकीले र सञ्चाालन संघका सञ्चालक हरेराम प्रसादले गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालयका प्रमुख गौतम कुमार साहले गर्नुभएको थियो । 

संघको आयोजनामा सञ्चालित साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम भदौ ११ गते सुदूरपश्चिको धनगढीबाट शुरु भई  कर्णालीको सुर्खेत, कोशीको सुनसरी, बागमती प्रदेश अन्तर्गत चितवन र बनेपा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र मधेश प्रदेशको बर्दिबासमा गरी भदौ २६ गते सम्पन्न भएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप