ठेचो महिला जागरण साकोसको १५औं वार्षिक साधारणसभा तयारी, नीतिगत सुझाव संकलनका लागि सदस्य भेला आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ठेचो महिला जागरण साकोसको १५औं वार्षिक साधारणसभा तयारी, नीतिगत सुझाव संकलनका लागि सदस्य भेला आयोजना

ललितपुर  ।  ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई  लक्षित गरी संस्थाको १५ औं वार्षिक साधारणसभा तयारी गरेको छ । साधारणसभाको पूर्व सन्ध्यामा साकोसले भदौ २५ गते नीतिगत सुझाव संकलनका लागि एकदिवसीय विस्तारित सदस्य भेलाको अयोजना गरेको  थियो । 

गोदावरीमा आयोजित भेलाको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मीतारा डंगोलले गर्नुभएको थियो । सदस्य भेलामा नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीले सहजकर्ताको रुपमा साकोसका सदस्यहरुको भूमिका, कर्तव्य एवम् जिम्मेबारी तथा वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतिका क्रममा सहजकर्ता अधिकारीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडी बढाउन नीति, विधि र प्रविधि आवश्यक भएको र नेफ्स्कूनले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सहकारीका आधार मूल्यहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

उल्लेख्य संख्यामा सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रममा संस्थाको शेयर पूँजी बृद्धि गर्न शेयर कारोबार गर्ने सदस्यहरुलाई र संस्थाबाट कर्जा लिई नियमित साँवा र व्याज भुक्तानी गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले नेफ्स्कूनको प्रोबेशन कार्यक्रममा आबद्ध भई आ.व २०७८।७९ को प्रोबेशन ब्राण्ड प्राप्त गरेको थियो ।

२०६५ सालमा स्थापना भएको ठेचो महिला जागरण साकोसमा हाल ३ हजा ४० शेयर सदस्य छन् । साकोसको शेयर पुँजी रु.१ करोड ४६ लाख २२ हजार र कुल सम्पत्ति रु. १३ करोड ९१ लाख २१ हजार रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप