अक्कूका अध्यक्ष योनसुक किमलाई नेफ्स्कूनद्वारा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अक्कूका अध्यक्ष योनसुक किमलाई नेफ्स्कूनद्वारा स्वागत

काठमाडौं । एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३ मा सहभागी हुन नेपाल आइपुग्नुभएका अक्कूका अध्यक्ष योनसुक किमसहितको ४ सदस्यीय टोलीलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्वागत गर्नुभएको छ । स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका अध्यक्ष पौड्यालले नेफ्स्कूनको प्रायोजनमा फोरम आयोजना गरेर एशियाली क्रेडिट युनियनकर्मीहरुलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । संघका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ र कार्यक्रम अधिकृत रञ्जनमणि पौड्याल पनि स्वागत कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो । 

एशियाली ऋण महासंघ (अक्कू) को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्राविधिक सहजीकरणमा काठमाडौंको द होटल सोल्टीमा अक्कू फोरम, २०२३ को ग्राण्ड ओपनिङको तयारी भईरहेको छ  । 

फोरममा एसियाली ऋण महासंघका प्रतिनिधिहरू र सदस्य राष्ट्रहरू नेपाल, अस्ट्रेलिया बङ्गलादेश, इन्डोनेसिया, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का सहितका १९ राष्ट्रका ४१७ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा एसियाली ऋण महासंघको ४२ औं साधारणसभा समेत हुनेछ । फोरमको ग्राण्ड ओपनिङ सेप्टेम्बर १५ मा हुँदैछ ।

अक्कू प्रि फोरमको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भदौ २५ गते गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप