ओकूको प्रेजिडेन्ट सिइओ एलिसा म्याक्कार्टरद्वारा नयाँपाटी साकोस भ्रमण  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूको प्रेजिडेन्ट सिइओ एलिसा म्याक्कार्टरद्वारा नयाँपाटी साकोस भ्रमण  

काठमाडौं । विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डेले काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडौंमा जारी एशियाली ऋण महासंघको फोरम सहभागिताका लागि ओकूकी प्रेजिडेन्ट सिइओ एलिसा पहिलो पटक बुधबार नेपाल आइपुग्नुभएको हो । यसैक्रममा सिइओ लाबोर्डे र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले समुदायमा आधारित रहेर सदस्य लक्षित सेवा प्रवाह गर्दै आइरहेको नयाँपाटी साकोसको बिहिबार अवलोकन भ्रमण गर्नुभएको थियो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ओकूको प्रिन्सिपल अनुसार कुनै पनि बचत तथा ऋण सहकारी संस्थाको नाफा कति छ भन्दा पनि सदस्यलाई कस्तो सेवा दिइरहेको छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर हेर्ने बताउनुभयो । सिइओ सापकोटाले सदस्य सेवा प्रवाहमा नयाँपाटी साकोसले राम्रो काम गरिरहेको र एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रममा समेत आबद्ध भएकोले अझ राम्रो प्रगतिका लागि शुभकामना प्रदान गनुभयो । 

ओकूकी प्रेजिडेन्ट सिइओ लाबोर्डेले नयाँपाटी साकोसले करिब दश हजार सदस्यलाई सेवा दिइरहेको अत्यन्त सुन्दर पक्ष रहेको बताउनुभयो । उहाँले अहिले सबैतिर वित्तीय असहजता रहेको प्रशंग उल्लेख गर्दै यसको समाधानका लागि समय लाग्छ, तर सहकारीले सदस्यको भविष्य सोचेर कार्यगर्नुपर्ने, त्यसको लागि प्रविधि विकास, वस्तु तथा सेवा विकासमा पहुँच विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । विश्वका विभिन्न मुलुकका बचत तथा ऋण सहकारी संस्था संस्थाहरुको अवलोकन भ्रमण गरिसक्नुभएकी सिइओ लाबोर्डेले आफ्नो संक्षिप्त सहकारी अनुभव समेट साट्नुभएको थियो । 

नयाँपाटी साकोसका अध्यक्ष गौतम खनालको अध्यक्षतामा साकोसको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । अध्यक्ष खनालले ओकूकी सिइओ लाबोर्डेलाई मायाको चिन्हो प्रदान गर्नुका साथै  नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सापकोटालाई स्वागत तथा शुभकामना प्रदान गर्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप