रामेछापमा कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापमा कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

रामेछाप । आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षणको समयलाई मध्यनजर गरी रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजना तथा नेफ्स्कून र करदाता सेवा कार्यालय रामेछापको निशुल्क प्राविधिक सहयोगमा जिल्लाका साकोसहरुका लागि असोज ३ र ४ गते दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भएको छ । 

रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न तालिम उद्धघाटन सत्रको प्रमुख अतिथि रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष  हिमाल ढुंगेल र समापन सत्रको प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो । प्रोस्कूनका सचिव गोविन्द काफ्लेको विषेश अतिथ्यता रहेको तालिममा  रामेछाप जिल्लाका ४० वटा साकोस वाट ६८ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन सत्रका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले साकोसहरुले सम्वन्धित ऐन नियम बमोजिम कर दायित्वलाई समयमै सम्वन्धित कार्यालयमा वुझाउने दायित्व साथै सहकारी ऐन नियमवलीले व्यवस्था गरे बमोजिमको कोष छुट्याई उक्त कोषहरुलाई उद्देश्य अनुरुप परिचालन गर्ने कुरामा अभियानको एउटै बोली रहेको प्रष्ट पार्नुभयो । तालिममा सहभागी भएपछि कुनै दुविधा विना यसको कार्यन्वयनमा लाग्न उहाँले आग्रह गर्नुभयो । विभिन्न देशका सफल साकोसहरुको उदाहरण दिंदै उहाँले सहकारी हाम्रो हो भन्ने भावनाको विकास गरी सदस्यहरुलाई सहकारी प्रतिको अपनत्व महसुस हुनेगरी काम गर्न सकेमा सहकारीमा समस्या कहिले नआउने प्रष्ट पार्नुभयो । साकोस अभियान साकोसहरुको पक्षमा निरन्तर लागिरहेको बताउँदै अहिले सहकारीहरुमा देखिएको समस्या साथै सरकारले करको दरमा गरेको बृद्धिको विषयमा पनि अभियान निरन्तर लागिपरेको वताउनु भयो ।   
    
प्रोस्कूनका सचिव गोविन्द काफ्लेले साकोसहरुलाई अत्यावश्यक तालिम सहि समयमा आयोजना गर्नुभएकोमा जिल्ला बचत संघ, प्रविधिक सहयोगी नेफ्स्कून, करदाता कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुहुँदै सम्पूर्ण अभियान अहिले साकोसको स्थायित्व र विश्वसनियता जगाउन लागिपरेको विचार व्यक्त गर्नुभयो । साकोस अभियानलाई सफल बनाउन सबै सँगै अघि बढ्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमको समापन गर्नुहुँदै बचत संघका अध्यक्ष जगन्नाथ दाहालले अझ पनि साकोसहरुमा करको विषयमा, कोष व्यवस्थापनको विषयमा अनविज्ञता भएको कारण यो तालिमले अबको दिनमा काम गर्नमा सहजता ल्याउने धारणा राख्नुभयो ।

तालिममा सहभागी संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुले उचित समयमा बचत संघद्वारा तालिम आयोजना गरेकोमा खुसि व्यक्त गर्नुहुँदै कर तथा कोष व्यवस्थापनको विषयमा प्रस्ट भएकोले यहाँ सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालिमको सहजिकरण नेफ्स्कूनका व्यवसाय अधिकृत दिनेश गौतम र  करदाता सेवा कार्यालय मन्थलीका नविन घिमिरेले गर्नुभएको थियोे । तालिमको सञ्चालन रामेछाप जिल्ला बचत संघका महासचिव शिवराम श्रेष्ठले गर्नुभएको थियो भने व्यवस्थापन जिल्ला बचत संघका व्यवस्थापक रमा श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप