नेफ्स्कून र कूलरकबीच सहकार्यको सहमति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र कूलरकबीच सहकार्यको सहमति

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा ताइवानी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (कूलरक) बीच द्धिपक्षीय सहकार्य सम्बन्धी औपचारिक सहमति भएको छ । एशियाली ऋण महासंघ अकूले काठमाडौंमा आयोजना गरेको एशियाली क्रेडिट युनियन फोरम २०२३ मा सहभागी हुन आएको कुलरक प्रतिनिधिमण्डल र नेफ्स्कूनबीच असोज १ गते संघको केन्द्रीय कार्यालयमा आपसी सम्बन्धको विषयलाई लिपिबद्ध गर्दै अघि बढ्ने सहमति भएको हो । भविष्यमा यो सम्बन्धका इन्द्रेणी आयामहरु विकास गर्दै लान सकिने विश्वास पनि दुबै पक्षले व्यत्तः गरेको छ ।

नेफस्कूनका अध्यक्ष परितोष पौड्याल र कूलरककी अध्यक्ष ली चुङ फोडले द्धिपक्षीय सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृतहरु सञ्जयराज तिमिल्सिना, गणेश प्रसाद तिमल्सिना तथा राधेश्याम श्रेष्ठ लगायतको उपस्थिति थियो । यसैगरी, कूलरकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वाङ युङ यु, प्रशासन प्रमुख काङ चिन मिन तथा सूचना प्रविधि अधिकारी चेन हान वेन पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले यो सहमतिले दुबै केन्द्रीय निकायबीच असल अभ्यासहरुको आदानप्रदानका साथै भाइचारा प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कुलरकसँग सहकार्य सम्बन्ध स्थापनाको अवसरलाई खुसीको क्षणका रुपमा लिदैं उहाँले यो सम्बन्धलाई प्रगाढ बनाउन नेफ्स्कून सधै प्रतिबद्ध रहने बताउनुभयो । साथै उहाँले नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध अबका दिनमा थप मजबुत हुने र यसले संघको छवि थप उजिल्याउने समेत बताउनुभयो । 

ताइवानी बचत तथा ऋण केन्द्रीय सहकारी संघ स्थापनाको ६०औं वर्ष प्रवेश गरेको अवसरमा नेफ्स्कून र कूलरकबीच औपचारिक सहकार्यको संयोग जुरेको हो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप