नेपालबाट जनउत्थान साकोस र चण्डेश्वरी साकोसले पाए एक्सेस सिल्भर ब्राण्ड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालबाट जनउत्थान साकोस र चण्डेश्वरी साकोसले पाए एक्सेस सिल्भर ब्राण्ड 

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र काभ्रेको बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त गरेका छन् । एशियाली ऋण महासंघ (अक्कू) को आयोजनामा काठमाडौंको द होटल सोल्टीमा आज भएको अक्कू फोरम २०२३ को ग्राण्ड ओपनिङ सेरेमोनिका अवसमा अक्कूका अध्यक्ष योकसुक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोकेले ब्राण्ड प्रदान गर्नुभएको हो । अक्कूको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्रायोजनमा अक्कू फोरम २०२३ नेपालमा आयोजना भएको हो । त्यसैगरि फोरममा फिलिपिन्सको तगुम कोअपरेटिभ र इण्डोनेशियाको सांसबेरङ कोअपरेटिभले  एक्सेस गोल्ड ब्राण्ड प्राप्त गरेका छन् । 

एशियाभरबाट जम्मा ४ वटा कोअपरेटिभले एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएकोमा नेपालबाट २ वटाले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् । 

एशियाली ऋण महासंघ आकु र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा सञ्चालनमा रहेको A1 Competitive Choice for Excellence in Services & Soundness मा सन २०२३ को अन्तिम परीक्षणमा रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् । 
ब्यालेन्स स्कोर कार्डमा आधारित ४ वटा परिवेशहरु क्रमशः वित्तीय, सदस्य, आन्तरिक व्यवसायिक र सिकाई एवं वृद्धिका कुल ८६ वटा सूचकहरुमा कार्यसम्पादनको परिणामहरु प्रस्तुत गरेपछि सो को आधारमा सुपरिवेक्षकीय परीक्षण हुँदै एशियाली ऋण महासंघबाट अन्तिम परीक्षणपश्चात प्रमाणीकरण गरिने यस गुणस्तर सुनिश्चितता मापदण्डको परीक्षणमा सहभागी हुन शुद्ध संस्थागत पूँजी कम्तिमा ५ प्रतिशत, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम र पर्ल्स मापदण्ड बमोजिम आवश्यक सुरक्षण कोष कायम गरिएको थियो । हरेक परिवेशमा कम्तिमा ५० प्रतिशत अंकभार प्राप्त गरिएको थियो भने सुशासन, व्यवस्थापकीय कुशलता एवं प्रभावकारिता, दुरदृष्टि, ध्येय, उद्देश्य एवं स्पष्ट रणनीतिक व्यवसायिक मार्गचित्र, फिट एण्ड प्रोपर टेस्ट, सदस्य सन्तुष्टी, प्रविधिको प्रयोग, भौतिक सुरक्षाका मानक एवं पर्ल्स मापदण्ड बमोजिमका वित्तीय मानकहरुको कायम जस्ता मुख्य परीक्षणका सूचकहरुमा संस्थाहरुले अब्बल परिणाम हासिल गरेका थिए । 

४० हजार ६०० भन्दा बढी सदस्यहरु र ३ अर्ब ३३ करोडको कारोबार भएको जनउत्थान बचत तथा ऋण सहकारीको शुद्ध संस्थागत पूँजी ८.१९ प्रतिशत रहेको छ । १० वटा सेवा केन्द्र र ८ वटा संकलन केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको यस सहकारीले विशेषतः लघु उद्यम व्यवसायहरुमा लघु ऋणहरु प्रदान गरेको छ । विषम परिस्थितिमा पनि निरन्तर सदस्यको हितमा काम गरिरहेको यस संस्थाले कोभिडको विषम समयमा कृषकहरुको उत्पादन बजारीकरणको लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरेको थियो । यस संस्थाको कुल बचतमध्ये ४१.५ प्रतिशत नियमित मासिक बचत रहेको छ भने कुल धन सिर्जना गर्ने बचतको भार ५६.८ प्रतिशत रहेको छ ।

९ हजार १ सय २२  सदस्य र १ अर्ब २९ करोडको वासलात भएको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको शुद्ध संस्थागत पूँजी १०.३१ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा पनि साझा बन्धन कायम गर्दै स्थानीय समुदायमा कारोबार गरिरहेको यस संस्थाले हायरपर्चेज ऋण र व्यवसायिक ऋणहरुलाई प्राथमिकतामा राखेको छ । कुल बचतको २७ प्रतिशत धन सिर्जना गर्ने बचत रहेको यस संस्थामा कुल बचतको १७ प्रतिशत नियमित मासिक बचत रहेको छ ।

दुवै संस्थाले नविनतम प्रविधिहरुमा जोड दिँदै मोबाईल बैंकिङ, क्यु आर कोड, ए.टि.एम,को सुविधा प्रदान गर्नुको साथै सदस्यहरुमा प्रविधि सुरक्षा तथा प्रयोग सम्बन्धी साक्षरतामा जोड दिएको छ । संस्थाले सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउन उद्यमशिलता विकास तालिम एवं असल वित्तीय अभ्यासको लागि वित्तीय साक्षरतालाई विशेष जोड दिएका छन् ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१६ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१६ घण्टा अगाडि

पाठकबाट थप