‘बैंकक घोषणा’ को फोकस एरिया र उपलब्धी सम्बन्धमा नेफ्स्कून कर्मचारीबीच अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बैंकक घोषणा’ को फोकस एरिया र उपलब्धी सम्बन्धमा नेफ्स्कून कर्मचारीबीच अन्तरक्रिया

काठमाडौं । एशियाभरका ऋण सहकारीकर्मीहरुद्वारा हस्ताक्षरित ‘बैंकक घोषणा’, २०२२ का सम्बन्धमा आज नेफ्स्कून उच्च व्यवस्थापन र कर्मचारीहरुबीच यसको फोकस एरिया र उपलब्धीका सम्बन्धमा अन्तरक्रिया गरिएको छ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले अक्कू फोरम २०२३ को समापन भएसँगै फोरममा छलफल भएका विषयवस्तुहरु सहित १० बुँदे ‘बैंकक घोषणा’ का बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्नुभएको हो । 

घोषणामा उल्लेखित सहकारी मार्फत सदस्यहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न वित्तीय पहुँच अभिवृद्धि, जलवायु परिवर्तनका प्रभाव व्यवस्थापनका लागि जनचेतना विकास, वित्तीय शिक्षा, सदस्यहरुमा रोजगारी सृजना, सुरक्षित संस्था विकास, सदस्यहरुमा धन सृजना लगायतका क्षेत्रमा सहकारीको योगदानबारे समिक्षा गरिएको थियो । त्यसैगरी एकीकृत सञ्जाल व्यवस्थापन, सदस्यहरुमा वित्तीय स्वस्थता, सहकारीमा युवा तथा महिला सशक्तिकरण, सहकारीको अन्तरपुस्ता हस्तान्तरण, प्राविधिकीकरण, नेतृत्व बुटक्याम्पको आवश्यकता, साकोस एकीकरण रणनीति विकास लगायतका विषयहरुमा केन्द्रीय संघको भूमिकाका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले प्रष्ट्याउनुभएको थियो भने साकोस सुदृढीकरणका लागि एकीकृत प्रविधि विकास मार्फत सञ्जालीकरणको विषयमा संघको आगामी कार्यदिशा बारे मार्गनिर्देश गर्नुभएको थियो । 

त्यसैगरि संघका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले ‘बैंकक घोषणा’ कार्यान्वयनको सबालमा संघको भूमिका र संघ मार्फत नेपालको बचत तथा ऋण सहकारी संस्थाहरुमा भएको अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अक्कू फोरम २०२३ मा नेपालको बचत तथा ऋण सहकारी अभियान अन्तर्गत संघले गरेको अभ्यासबारे फोरममा राख्नुभएको प्रस्तुतीकरणका सम्बन्धमा कर्मचारीहरुलाई जानकारी गराउँदै संघको अबको कार्यदिशा बारे प्रष्ट्याउनुभएको थियो । 

२०२२ अगस्ट ३० मा थाइल्याण्डको बैंकककमा आयोजित एशियाली ऋण महासंघ (अक्कू) को फोरम, २०२२ ले १० बुँदे ‘बैंकक घोषणा’ जारी गरेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप