बिन्धवासिनी साकोस को ३० औं वार्षिक साधारणसभा सम्पन्न, ६१ हजार भन्दा बढी सदस्यहरुमा वित्तीय सेवा  प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिन्धवासिनी साकोस को ३० औं वार्षिक साधारणसभा सम्पन्न, ६१ हजार भन्दा बढी सदस्यहरुमा वित्तीय सेवा  प्रदान

निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि छनौट गरी अन्तिम निर्णय प्रमाणिकरण सभा आयोजना गरिने

काभ्रे । काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुर (सूर्यविनायक नगरपालिका) जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाई सदस्य, समुह र समुदायमा आधारित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ३०औं वार्षिक साधरणसभा असोज ५ र ६ गते गरी दुई चरणमा सम्पन्न गरेको छ । 

पहिलो चरणको कार्यक्रम अन्तर्गत असोज ५ गते बनेपा, पाँचखाल, भकुण्डे क्षेत्रमा सम्पन्न भएको थियो । बनेपा क्षेत्रमा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य प्रमुख आतिथ्यता रहेका थियो भने पाँचखाल क्षेत्रमा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने भकुण्डे क्षेत्रमा संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाको अध्यक्षता एवं रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामा एवं सहकारी शाखा प्रमुख नविन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भयो । 

त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत असोज ६ गते खोपासी, पनौती, ढुंखर्क र बानेश्वर क्षेत्रमा ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । खोपासी क्षेत्रमा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाको अध्यक्षतामा एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ भने पनौती क्षेत्रमा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अक्ष्यक्षतामा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारकोको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । त्यसैगरी ढुंखर्क क्षेत्रमा संस्थाका कोषाक्ष्यक्ष भिम वहादुर खत्रीको अध्यक्षता एवं बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । बानेश्वर क्षेत्रमा संस्थाका उपाध्यक्ष रामहरि शर्माको अध्यक्षता एवं संस्थाका सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

दुई चरण सम्पन्न क्षेत्रगत साधारण सभा कार्यक्रममा संस्थाले संस्थाको २०७९/०८० को प्रगति प्रतिवेदन, आ.व. २०८०/८१ को संशोधित र २०८१।८२ को प्रस्तावित बजेट तथा कार्यक्रम लगायत आ.व. २०७९/०८० को सञ्चालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०८०/८१ को संशोधित र आगामी आ.व. २०८१/०८२ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७९/०८० को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको वितरण , संस्था एकीकरण, आ.व. २०८०/०८१ को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा नियमावली र कार्यविधि संशोधन लगायत विविध विषयमा छलफल गरी क्षेत्रगत निर्णय गर्नुका साथै सो क्षेत्रबाट अन्तिम निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि छनौट गरी अन्तिम निर्णय प्रमाणिकरण सभा गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतान्ले जानकारी गराउनुभयो । 

साथै संस्थामा हाल दुई हजार तीन सय चार वटा समूहमा आवद्ध ५१ हजार दुई सय जना सदस्य, १० हजार ३८ जना शैक्षिक बाल बचतकर्ता सहित कूल ६१ हजार दुई सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरी शेयर पूँजी  रु. ४९ करोड ५३ लाख ९५ हजार, बचत रकम रु. तीन अर्ब २० करोड ६४ लाख, लगानीमा रहेको रकम रु. तीन अर्ब ६९ करोड ४७ लाख भई  कूल कुल सम्पत्ति चार अर्ब ६४ करोड ८४ लाख पुर्याउन संस्था सफल भएको समेत प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप