कैलालीको तिलाकर्णाली साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, वास्तविक किसानसमक्ष कृषि अनुदान पुग्नुपर्ने माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीको तिलाकर्णाली साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, वास्तविक किसानसमक्ष  कृषि अनुदान पुग्नुपर्ने माग

कैलाली । तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष रण  बहादुर भाण्डारीको अध्यक्षतामा कैलालीको घोडाघोडी नगरपालिका २ साँडेपानिमा  सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा राज्यमन्त्री चौधरीले ‘कृषि अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने भएकाले वास्तविक किसान अनुदानबाट वञ्चित हुनु परेको’ भन्दै अनुदानमा देखिएको विद्यमान अवस्थालाई निरुत्साहित गरी वास्तविक किसान समक्ष अनुदान पुर्याउन प्रभावकारी अनुगमन गर्नुपर्ने बताउनुभयो ।

२०६८ सालमा स्थापना भएको तिला कर्णालीले छोटो समयमै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । सहकारीले ३२ जना शेयर सदस्यहरूको १२ हजार पाँच सय २५ रुपैयाँ शेयर पूँजी र नियमित ५० रुपैयाँ बचत गरि दुई लाख ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियो । सहकारीका हाल सम्म २ हजार १ सय ११ जना शेयर सदस्य छन्  भने  ११ करोड ७३ लाख २२ हजार रुपैंया बराबरको आर्थिक कारोबार गर्दै आएको छ । सहकारीले ग्रामीण समुदायमा छरिएर रहेको पुँजीलाई सहकारीका माध्यमबाट एकीकृत गरी सदस्यहरूको जीवनस्तर माथि उकास्ने मुख्य ध्येय राखेको तिला कर्णाली बचत तथा ऋण सहकारीका व्यवस्थापक लाल बहादुर भण्डारीले बताउनुभयो ।

कार्यक्रममा राज्यमन्त्री चौधरी सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी, घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत, उपप्रमुख गुलिया कुमारी चौधरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। धनगढी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायत सहकारी अभियान्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारीले दैनिक बचत, बाल बचत, ऐच्छिक बचत, आवधिक बचत, सदस्य सुरक्षण र सुपर सेभिङका उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप