बाबियाखर्क साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यको नियमित बचतमा साकोसको जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यको नियमित बचतमा साकोसको जोड

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि को २७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समुदायमा आधारित भएर सञ्चालित बाबियाखर्क साकोस २०८० आषाढ मसान्त सम्ममा आइपुग्दा काठमाडौंको जोरपाटीमा सदस्य सेवा केन्द्र स्थापना गरी हाल ४ हजार १ सय ७८ शेयर सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदैं ४२ करोड ८५ लाख ५० हजार २ सय ३२ रुपैंया पूँजी संकलन गर्न सफल भएको छ । 

साधारणसभाका अवसरमा संस्थाका सचिब हरिप्रसाद घिमिरेले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद घिमिरेले लेखा सुपरिवेक्षणको प्रतिवेदन मार्फत संस्थाका गतिविधिहरुको जानकारी गराउनु भएको थियो । 

उक्त साधारणसभाको प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघ लि नेपालका अध्यक्ष मीनराज कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्नुहुदै सदस्य र संस्था दुबैका लागि क्रमिक प्रकृतिका बचत गर्नु पर्नेमा जोडदिनुभयो । साथै उहाँले बाबियाखर्क साकोसले आयोजना गरेका सदस्य लगायत सामाजिक कृयाकलापहरुले सहकारी प्रतिको धारणा सकारात्मक बनाउन सहयोग पुगेको बताउनुभयो । 

त्यसैगरी अतिथिको रुपमा शुभकामना मन्तब्य दिनुहुदै का.म.पा. वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकालले कुनैपनि सहकारीमा सदस्य बन्दा उक्त सहकारीको वारेमा बुझेरमात्र सदस्यता लिएर आर्थिक कारोबार गर्नपर्ने धारणा राख्नुभयो ।

सो कार्यक्रममा का.म.पा. वडा नम्बर ३१ का वडा सदस्य अशोक के सी ले बाबियाखर्क साकोसले हाल भईरहेको साखलाई कायम राख्दै अझै सदस्यमुखी कार्यक्रमहरु गरी समूदायमा सदस्यको विश्वास जितेर गुणस्तरीय सेवा प्रदान गरी अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

सोहि अवसरमा सहकारी विज्ञ केशब बहादुर थापाले सदस्यसँग सहकारी भएमा सदस्यलाई र संस्था दुबैलाई समस्या नपर्ने धारणा व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संस्थामा आ.व. २०७९।०८० को अवधिमा  विभिन्न विधाहरुमा योगदान गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । वार्षिक साधारणसभामा कबि बलराम दाहालले कबिता वाचन गरी मनोरञ्जन गराउनु भएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप