अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको ८औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षता तथा भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको  प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख मानन्धरले सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले शेयर सदस्यले आफ्नो गाँस कटाएर जम्मा गरेको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनु पर्ने र सदस्यहरूको जीवन परिवर्तन गर्न भूमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले आर्थिक संकटको अबस्थामा सहकारीहरुले रचनात्मक भूकिका खेल्नुपर्ने समेत बताउनुभयो ।

साधारणसभामा कार्यक्रममा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि, (नेफ्स्कून) का सञ्चालक समिति सदस्य जीवसराज खड्काले अर्थभूभि साकोस जिल्लाकै अग्रणी संस्था रहेको बताउनुभयो । उहाँले अर्थभूमि साकोस छोटो समयमा नै शेयर सदस्यको मन जित्न सफल उत्कृष्ट सहकारी संस्था रहेको र सहकारीको मूल्य र मान्यतामा रहेर सञ्चालन गरिएको पाइएको बताउनुभयो । साथै उहाँले संस्थाको आर्थिक प्रगतिको प्रसंशा समेत गर्नुभएको थियो  ।

कार्यक्रमका अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष देवीप्रसाद शर्मा लगायतले मन्तव्य राख्दै स्थानीय सरकारले आफ्नो स्थानीय तहमा सञ्चालित सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्नुपर्ने र स्थानीय तहहरुले संस्थाका कामहरुमा आवश्यक सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सभामा सहकारीका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले संस्थाको कूल पूँजी ३५ करोड २३ लाख ८४ हजार ४ सय ६८  रुपैंया रहेको जानकारी दिनुभयो । कोषाध्यक्ष श्रेष्ठले आर्थिक वर्षमा संस्थाले कुल ३ करोड ७० लाख ६ हजार ७४४ रुपैँया आम्दानी गरेको बताउनुभयो । संस्थाको शेयर पूँजी २ करोड ७४ लाख ४८ हजार १०० रहेको छ ।

कार्यक्रममा संस्थाका सचिव ध्रुब सापकोटाले संस्थाको सञ्चालक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका सचिव ध्रुब सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमा उपस्थित अतिथिहरुलाई संस्थाका उपाध्यक्ष यज्ञ खत्रीले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी, बालबचतकर्ता लगायत पूर्व सञ्चालक तारानाथ चौलागाई र संस्थाका व्यवस्थापक मनकुमार श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई सदस्यहरुलाई सेवा दिँदै आएको छ भने आ.व. ०७९/८० को अन्त्य सम्म जम्मा शेयर सदस्य ३ हजार ९ सय १५ जना तथा बाल बचतकर्ता ८ सय ३३ जना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालले जानकारी दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप