पौरखी साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन प्रक्रिया शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पौरखी साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन प्रक्रिया शुभारम्भ

कावासोती । नवलपरासी (ब.सु.पूर्व) कावासोती नगरपालिकामा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष सालिकराम कोइरालाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । साकोसको १३औं वार्षिक साधारणसभा अर्थात पाँचौ अधिवेशन मार्फत नयाँ नेतृत्व  चयनको प्रक्रिया समेत अगाडि बढेको साकोसका व्यवस्थापक निलकण्ठ पराजुलीले जानकारी गराउनुभएको छ ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, जिल्ला सहकारी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, जिल्ला बचत संघका अध्यक्ष होमनाथ जैशी र जिल्ला सहकारी संघका प्रतिनिधिहरुको विशेष आतिथ्यता लगायत स्थानीय सहकारीकर्मी र साकोसका सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न अहम भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले साकोस सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा सम्पूर्ण साकोसको पहुँच पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । अब हरेक साकोसले एउटा स्तरीकरण कार्यक्रम दृढताका साथ उभिएर एकसुत्रमा बाधिनुपर्छ, उहाँले भन्नुभयो, ‘सहकारीको विश्वव्यापी सिद्धान्त अवलम्बन गर्दै विश्व अभ्यासलाई आन्तरिकीकरण गर्नु जरुरी छ, त्यसका लागि राज्य र अभियान एकसाथ अगाडि बढ्नुको विकल्प छैन । नीति, विधि र एकीकृत प्रविधि विकासको माध्यमबाट अभियानको एकीकृत सञ्जालीकरण अवको आवश्यकता हो, उहाँले भन्नुभयो । 

२०६७ साल कार्तिक ७ गते दर्ता कायम भएको पौरखी साकोस कावासोती नगरपालिका, देवचुली नगरपालिकाको वडा नं. १ देखि १५ सम्म र हुप्सेकोट गाउँपालिकाको वडा नं. ४ मा कार्यक्षेत्र विस्तार गरी सदस्यहरुमाझ वित्तीय सेवाको पहुँच पुर्याउँदै आएको छ । 

साकोसको कुल सदस्य ४ हजार ५४ जना पुगेको छ, जसमध्ये महिला सदस्य १ हजार ९ सय १६ जना र पुरुष सदस्य २ हजार १ सय २७ जना र अन्य ११ जना रहेका छन् । साकोसमा ११ जना कर्मचारी कार्यरत छन् ।

साकोसको कुल चुक्ता शेयर पुँजी रु. ३ करोड १८ लाख ७३ हजार ७ सय, कुल बचत रु. २२ करोड ५७ लाख ५५ हजार ७ सय ९९, कुल ऋण लगानी रु. २० करोड २९ लाख ९१ हजार ४ सय ७९ र कुल सम्पत्ती तथा दायित्व ३० करोड ८१ लाख ५७ हजार ४ सय ५० रहेको साकोसका व्यवस्थापक निलकण्ठ पराजुलीले जानकारी गराउनुभयो । 

साकोसले मुख्य गरि कृषि कर्जा, व्यवसायिक कर्जा र आवास कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप