नालाछाप प्रगतिशिल महिला साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, एसईई उत्तीर्ण २६ बालबचतकर्ताहरुलाई सम्मान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नालाछाप प्रगतिशिल महिला साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, एसईई उत्तीर्ण २६ बालबचतकर्ताहरुलाई सम्मान 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ताथलीमा रहेको नालाछाप प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसकी अध्यक्ष एवं नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्रको अध्यक्षतामा आयोजित सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईंले गर्नुभएको थियो । 

साधारणसभामा साकोसका अध्यक्ष लगायत प्रमुख अतिथि र  अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा साकोककी कोषाध्यक्ष मिरा वाग्ले थापाले कोषाध्यक्षको प्रतिवेदन, सचिव महेश्वरी बरालले सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिकी संयोजक सरस्वती के.सी. ले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

२०५८ साल फागुन २७ गते दर्ता भएको महिलाद्वारा सञ्चालित नालाछाप प्रगतिशिल महिला साकोसमा गत आ.व.को मसान्तसम्म १ हजार ८ सय २५ शेयर सदस्य र ४ सय ९५ बाल बचतकर्ता रहेका छन ।

साकोसको शेयर पुँजी रु. ८६ लाख ९८ हजार ५ सय, बचत रु. ७ करोड ५९ लाख ८० हजार ७ सय ७५, कर्जा लगानी रु. ७ करोड ४१ लाख १ हजार २३५ र कुल सम्पत्ती तथा दायित्व रु. ९ करोड ३२ लाख ९१ हजार ६ सय ८७ रहेको साकोसकी व्यवस्थापक भवानी खड्काले जानकारी गराउनुभयो । 

साकोसले साधारणसभाको अवसरमा जेष्ठ महिला सदस्य ३ जनालाई सम्मान गरेको थियो । त्यसैगरि एकल महिला सदस्य ३ जना, असल बचतकर्ता सदस्य २ जना, असल ऋणि सदस्य २ जना, उत्कृष्ट शेयर खरिदकर्ता १ जनालाई सम्मान गरेको थियो भने एसईई उत्तीर्ण २६ जना बाल बचतकर्ताहरुलाई उज्ज्वल भविष्यको कामना सहित सम्मान गरेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप