सयपत्री सकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, ३ हजार २८७ जनामा वित्तीय सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सयपत्री सकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, ३ हजार २८७ जनामा वित्तीय सेवा

सुनवल । सुनवल नगरपालिका–१, नवलपरासीमा रहेको सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी मार्फत समृद्धिको कुरा गरिरहँदा आफुले प्रतिनिधित्व गरेको सस्थाका सदस्यहरुको सन्तुष्टि र संस्थाले समुदायमा पारेको सकारात्मक प्रभावलाई समेत गणना गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नेतृत्वमा रहेकाहरुले सदस्य र संस्थाको हितमा रही काम गर्नेछौं भनी गरेका बाचा र प्रतिबद्धता के कति पुरा गर्यौं, त्यो आत्मा समिक्षा गर्ने बेला भएको छ ।’ सिङ्गो अभियान सुदृढीकरणका लागि नेतृत्वको भूमिका अहम हुने भएकोले नेफ्स्कूनले प्रदेशस्तरी नेतृत्व पुनःजागरण कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी गराउनुभयो ।  

सयपत्री साकोसको भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर पूँजी ४ करोड २७ लाख ८० हजार रुपैंयाँ तथा ३५ करोड ११ लाख १७ हजार ६७६ रुपैयाँ बचत रहेको साकोसका व्यवस्थापक टिकाराम तिमिल्सिनाले जानकारी गराउनुभयो । 

साकोसको जगेडा कोषमा २ करोड ४४ लाख ५९ हजार २८३ रुपैयाँ र अन्य कोषमा २ करोड ४२ लाख ३४ हजार १८१ रुपैयाँ रहेको जनाइएको छ । साथै ३५ करोड ६८ लाख ८४ हजार ७०८ रुपैयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।

७ करोड ४१ लाख ८९ हजार ५१४ रुपैयाँ तरलता रहेको साकोसमा ४५ करोड २८ लाख २६ हजार ९१९ रुपैयाँ कूल सम्पती रहेको छ । साकोसमा ३ हजार २ सय ८७ जना सदस्य मध्ये ९सय ७४ जनाले ऋण सेवा लिएका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप