चण्डेश्वरी साकोसको ३१औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चण्डेश्वरी साकोसको ३१औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश घोषणा 

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३१औं वार्षिक साधारणसभा आश्विन ६ गते, शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यता, तथा बागमती प्रदेश प्रतिनिधि सभा सदस्य कञ्चन चन्द्र बादे, बनेपा नगरपालिका मेयर शान्ति रत्न शाक्यको विशिष्ठ आतिथ्यता र स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता सभामा रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुकार महर्जनले हाल सहकारीमा देखिएको समस्या मुख्य रुपमा सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताउनु भयो । नेपालको संविधानले नेपालको आर्थिक सम्वृद्धिको आधार ३ खम्बे अर्थनीति रहेको र त्यस मध्ये एक खम्बाको रुपमा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरि राष्ट्रिय पुँजी निर्माणमा सहयोग गर्न सकिन्छ र उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादन पनि बढ्ने बताउनु भयो । 

साधारणसभामा संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको गत आव २०७९/०८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितले संस्थाको आव २०७९/०८० को आर्थिक प्रगति समिक्षा र आव २०८०/०८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठले संस्थाको गत आव २०७९/०८० को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले आगमी आव २०८०/०८१ को अन्त्य सम्ममा १० हजार ५ सय २२ सेयर सदस्य पुर्याउने र रू.१ सय ५३ करोडको कुल पुँजी पुर्याउने लक्ष्य सहितको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ । 

साधारणसभाले गत आव २०७९/०८० को नाफाबाट बाँडफाँड गरिएको शेयर लाभांश कोषमा रहेको रकम बाट १५ प्रतिशतका दरले लाभांश वितरण प्रस्ताव पनि स्वीकृत गरेको छ ।

समुदायमा आधारित भै सञ्चालनमा रहेको चण्डेश्वरी साकोसमा गत आव २०७९/०८० को अन्त्य सम्ममा जम्मा ९ हजार १ सय २२ सेयर सदस्य रहेको छ भने रू.१ सय २९ करोडको कुल पुँजी रहेको छ । यस सकोसले यस वर्ष एशियाली ऋण महासंघबाट एक्सेस सिल्भर ब्राण्ड पाएको थियो भने नेफ्स्कूनले नेपालको सर्वोस्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० बाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप