सूर्यकोट साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, पुनः रामशरण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सूर्यकोट साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, पुनः रामशरण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । कोटेश्वरमा रहेको सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आश्विन ६ गते, शनिवार सम्पन्न भएको छ । साधारणसभाले पुनः रामशरण सुवेदीको अध्यक्षतामा ४ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । 

साकोसका अध्यक्ष रामशरण सुवेदीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । कार्यक्रममा बागमती प्रदेश सांसद सुनिल के.सी., जिल्ला सहकारी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, काठमाडौं महानगरपालिका सहकारी शाखा अधिकृत, स्थानीय सहकारीकर्मीहरु, वडाका प्रतिनिधिहरु लगायत एक हजार भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले संस्थाको सम्पूर्ण गतिविधिहरु अत्यन्त राम्रो पाएकोमा खुसी व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो । हाल विषम परिस्थितिमा पनि यस सहकारीको वित्तीय सूचांकहरु राम्रो रहेको र सदस्य सन्तुष्टीमा अब्बल रहेको भन्दै सभामा उपस्थित सदस्यहरुका लागि संस्थासँग ढुक्क भएर कारोबार गर्न आव्हान गर्नुभएको थियो । काठमाडौंमा अब्बल सहकारीको रुपमा रहेको सूर्यकोटले दीगो संस्थागत विकास र साकोस सुदृढीकरणका लागि संघद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा सहभागी भई एकीकृत साकोस सञ्जालमा जोडिन अनुरोध गर्नुभयो ।  

साधारणसभामा साकोसका अध्यक्ष रामशरण सुवेदीेले संस्था स्थापना कालदेखि गत आ.व. सम्मको संस्थाको प्रगति प्रतिवेदन र विषम परिस्थितिमा सहकारीले भोगेका समस्या तथा चुनौति र समाधानका उपायसहितको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

संस्थाका कोषाध्यक्ष बालकृष्ण पौडेलले संस्थाको गत आव २०७९/०८० को आर्थिक प्रतिवेदन, नीति तथा कार्यक्रमको समिक्षा,  र आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक पिताम्बर भण्डारीले संस्थाको गत आव २०७९/०८० को लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । 

पूर्णत समुदायमा आधारित १ हजार ३ सय ३७ जना शेयर सदस्य रहेको सुर्यकोटको संस्थागत शेयर पुँजी रु. ३ करोड ९७ लाख ३० हजार २००, बचत रु. १८ करोड २८ लाख २१ हजार ५३५, ऋण लगानी रु. १७ करोड २६ लाख २५ हजार ३५ रहेको साकोसका व्यवस्थापक शिवराम थापाले जानकारी गराउनुभयो । रु. २ करोड ५४ लाख ७६ हजार जगेडा कोष रहेको साकोसको कुल सम्पत्ती तथा दायित्व २७ करोड ६ लाख २१ हजार रहेको छ । साकोसमा २ सय ८३ जना बालबचतकर्ता रहेका छन् । साधारणसभामा साकोसका बालबचतकर्ताहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप