सहारा नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहारा नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

काठमाडौं । झापाको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सञ्चालन भएको छ । साकोसका अध्यक्ष हरि बहादुर राजवंशीको अध्यक्षता र कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यता र गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदीको आतिथ्यतामा तालिमको औपचारिक शुभारम्भ भएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलको आज कतिपय सहकारीहरु सहकारीको सिद्धान्त र मुल्य अनुसार नचल्दा जटिल समस्या भोग्न बाध्य भइरहेको प्रशङ्ग उल्लेख गर्दै सहारा नेपाल साकोस सहकारीमा एक उत्कृष्ट उदाहरण रहेको बताउनुभयो । सहकारी सहकारीका मूल्य र सिद्धान्त अनुरुप नचल्दा आज समस्यामा छन्, राज्यले सहकारीलाई ऐन कानुन कार्यान्वयमा कडाई गर्दै प्रभावकारी नियमन गर्न अब ढिलाई गर्न नहुने विचार व्यक्त गर्नुभयो । आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण छ, सहकारीको छवि निर्माणमा सरकार र सहकारी अभियान अब एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन उप निर्देशक दिनेश बहादुर निरौलाले गर्नुभएको थियो । साकोसका प्रमुख कार्यकारी अधिकृत गिरीले संस्थाको बारेमा, संस्थाले सदस्यहरुलाई हाल दिईरहेको सेवाको बारेमा जानकारी गराउनुभएको थियो भने तालिमको महत्व सँगसँगै संस्थाको भावी योजना (भिजन २०८८ – ५ लाख सदस्य, १ खर्व बढीको वासलात र युवा सहभागिता) को बारेमा जानकारी गराउनु भएको थियो । 

तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन सहित ३० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ । तालिम असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । 

२०५३ सालमा स्थापना भएको सहारा नेपाल साकोसमा १ लाख ५७ जना शेयर सदस्य छन् भने कुल सम्पत्ती १५ अर्ब भन्दा बढीको छ । सदस्यहरुलाई ८० वटा कार्यालयमार्फत वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइरहेको साकोसमा ५०१ जना कर्मचारी कार्यरत छन् । 

साकोस विगत २०७१ देखि एशियालि ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनबाट सञ्चालित एक्सेस कार्यक्रममा निरन्तर आबद्ध छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप