नेफ्स्कूनद्वारा साकोस गुणस्तर सुनिश्चतता कार्यक्रमको प्रभावकारिता विषयक समिक्षा गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा साकोस गुणस्तर सुनिश्चतता कार्यक्रमको प्रभावकारिता विषयक समिक्षा गोष्ठी सञ्चालन

चितवन । नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चतता कार्यक्रमहरुको प्रभावकारीता समिक्षा विषयक गोष्ठी चितवनमा आज सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा विभागको आयोजनामा भएको गोष्ठी नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षता भएको थियो । गोष्ठीमा नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइराला, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सीना, नेफ्स्कूनका पूर्व सञ्चालक भरत प्रसाद दवाडी, चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्यहरु लगायत चितवन, नवलपुर जिल्लाका स्तरीकरण कार्यक्रम (एक्सेस र प्रोबेशन) मा आवद्ध रहेका बचत तथा ऋण सहकारी संघ संस्थाका अध्यक्ष, पदाधिकारीहरु, सञ्चालक समिति सदस्यहरु एवं प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी ले स्तरीकरण कार्यक्रमबाट सम्पूर्ण सहकारीलाई नीति, विधि, प्रविधिमा जोड्न सकिने साथै सुशासनमा पनि जोड्न सकिने कुरा औल्याउनुभयो । वित्तीय सहकारी विश्वव्यापीरुपमा विकास भएका मापदण्डको परिपालनाले मात्र समुन्नत बन्दछन् । बचत तथा ऋण सहकारी संस्थाले सहकारीका सिद्धान्त, मुल्य मान्यता का साथै वित्तीय संस्थाले पालना गर्नुपर्ने मापदण्ड सहित संस्था सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । संस्था सञ्चालनको मापदण्ड, सदस्यहरुलाई दिने सेवा लगायतका कुराहरुको मापन गर्नका लागि  स्तरीकरण कार्यक्रमको महत्व रहेको कुरा वोध गराउनुभयो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रमको उद्देश्य र महत्व को वारेमा प्रकाश पार्नुभएको थियो । विश्वमा सहकारी अभियानका असल अभ्यासहरुको जानकारी गराउँदै साकोस अभियानको अवको पाइला कता भन्ने विषय आफ्नो प्रस्तुतिकरण मार्फत राख्नुभयो । स्तरीकरण कार्यक्रममा रहेका कमीकमजोरीहरुलाई सुधार गर्दै थप व्यवस्थित गर्दै लैजाने कुरा आफ्नो भनाई मार्फत राख्नुभयो । साथै अवको आवश्यकता सञ्जाल व्यवस्थापन रहकोले साकोसहरुलाई सो सञ्जालमा जोडिन आव्हान गर्नुभयो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने फिल्ड ईन्चार्ज रिसभ राज रेग्मी ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना ले आफ्नो प्रस्तुति मा ब्राण्ड, गुणस्तर सुनिश्चितताको आवश्यकता र महत्व दर्शाउनुभयो । समुह कार्य मार्फत चार समुह मा विभाजन गरी गुणस्तर सुनिश्चितता कार्यक्रमको आवश्यकता किन, गुणस्तर सुनिश्चितता कार्यक्रमको प्रभावकारी बृद्धिका उपायहरु के के हुन, साकोसहरुको प्रमाणीकरणमा के समस्या छ र नेफ्स्कूनको प्राविधिक सहयोगको स्तरोन्नती कसरी गर्न सकिन्छ भन्ने विषयमा समुहगत प्रस्तुतीकरण गर्नुभयो । 

समुहका प्रस्तुत कर्ताले संस्थागत वित्तीय सुशासन कायम राख्न, संस्थालाई सिकाई र वृद्धिको लागि, कानुनी परिपालना र मार्गनिर्नेशनका लागि, संस्थालाई नीति विधि र प्रविधि मार्फत सञ्चालन गर्नको लागि स्तरीकरण कार्यक्रमको महत्व रहेको कुरा राख्नुभयो भने यस कार्यक्रमलाई अझ प्रभाकारी रुपमा सञ्चालन गर्नको लागि सहभागी संस्थाहरुको पुँजी र Coverage का आधारमा वर्गीकरण गर्नुपर्ने, कार्यक्रममा आवद्ध संस्थाहरुविच असल अभ्यासहरुलाई अनुसरण गर्ने Mechanism बनाउनु पर्ने, स्तरीकरण कार्यक्रम प्रवद्र्धन गर्नको लागि ब्राण्ड प्राप्त संस्थालाई नेपाल सकारका संस्थागत कार्यहरु गर्न मिल्ने गरी lobbying and advocacy गर्नुपर्ने, नेफ्स्कून को सञ्चालक सदस्यमा स्तरीकरण कार्यक्रममा आवद्ध भएका संस्थाहरुबाट मात्र प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने लगायतका कुराहरु सहभागीहरुबाट आएको थियो भने सहभागीहरुबाट आएका विभिन्न जिज्ञासाहरुको वारेमा समेत प्रष्ट पार्नु भएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप