सुनवल सामुदायिक साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनवल सामुदायिक साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध

नवलपरासी । सुनौल नगरपालिका स्थित सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्वारा उत्पादन तथा प्रवर्धन गरिएको गुणस्तर सुनिश्चितताको कार्यक्रम कर्ब्समा आवद्ध भएको छ ।

नेफ्स्कूनको भूमही सदस्य सेवा केन्द्र अन्तर्गत रहेको उक्त साकोस र नेफ्स्कून विच आश्विन ९ गते एक कार्यक्रम गरि आवद्धता सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नवलपरासीको सुनवल नगरपालिकालाई मुख्य कार्यक्षत्र वनाई समुदायमा आधिरत रहेर सञ्चालित सुनवल सामुदायिक साकोसमा हाल ७४१ जना सदस्य संख्या रहनुका साथै ५ करोड माथिको कुल कारोवार रहेको छ ।

कर्ब्स कारोवारमा आवद्धता पश्चात संस्थाको वित्तीय जोखिम न्यूनिकरण हुनुका साथै थप सदस्य मैत्री भई गुणस्तरीय र दिगो वित्तीय कारोवार गर्न मद्दत पुग्नेमा विश्वस्त रहेको संस्थाका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताउनु भयो ।

सम्झौता पत्रमा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका कार्यालय प्रमुख प्रकाश अधिकारी र संस्थाको तर्फबाट अध्यक्ष गोविन्द प्रसाद ढकालले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मी, नेफ्स्कून भूमही सेवा केन्द्रका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटा सहित संस्थाका सञ्चालक समिति एमव कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आ.व. २०६२/०६३ मा दर्ता कायम भएको सुनवल सामुदायिक साकोसको शेयर सदस्य संख्या ७ सय ४१ पुगेको छ । शेयर पुँजी रु. ५३ लाख ४१ हजार ६००, बचत रु. ४ करोड ८ लाख ९७ हजार ९६६ र साकोसको कर्जा लगानी रु. ४ करोड ४२ लाख ९७ हजार २४५ रहेको छ । समुदायमा आधारिक सुनवल सामुदायिक साकोसको सदस्यलाई दिइने व्याजदर ६ देखि १२ प्रतिशत र ऋण लगानी गर्दा लिइने व्याजदर १३ देखि १६ प्रतिशत सम्म मात्र रहको छ । सुनवल नगरपालिकाभर मात्र कार्यक्षेत्र रहेको साकोसमा ३ कर्मचारी कार्यरत छन् ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप