स्वस्तिक साकोसको २४औँ वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसको २४औँ वार्षिक साधारणसभा सम्पन्न 

मधेश प्रदेश । सर्लाहीको बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा आश्विन ९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बेनीबहादुर कार्की देशबाहिर रहेका कारण उपाध्यक्ष बाल्मिकी सिंहको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा संस्थाकै प्राङ्गण ईश्वरपुर नगरपालिका ६ बयलवासमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद चौधरीले संकटकालमा बयलवास बजारबाट वाणिज्य बैंकधरी भागेको अवस्थामा स्वस्तिकले यहीँ अडिएर अहिलेसम्म निरन्तर उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै संस्थाको थप प्रगतिको कामना गर्नुभयो । 

सभाका विशिष्ठ अतिथि मधेश प्रदेशसभाका सदस्य उपेन्द्र महतोले जो सुकैले बचतको रकम जुटाएर मात्रै खर्च गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

साधारण सभाको उद्घाटन सत्रमा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य, नेफ्स्कूनका कार्यक्रम अधिकृत राजेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
 
साधारणसभामा संस्थाले बचतकर्ता, उद्यमीलगायतलाई नगदसहित प्रमाण–पत्रले सम्मान गरेको व्यवस्थापक विनोदकुमार थापाले जानकारी दिनुभयो । थापाका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ६४ लाख १० हजार ८०६ रुपैयाँ मुनाफा गरेको संस्थाले आफ्ना शेयर सदस्यलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोे छ । साधारणसभाकै अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान समेत गरेको व्यवस्थापक थापाले जानकारी दिनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप