विरगञ्जमा सहकारीहरुका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विरगञ्जमा सहकारीहरुका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन 

पर्सा । मधेश प्रदेश अन्तर्गत पर्साको विरगञ्जमा सहकारीकर्मीहरुका लागि कोपोमिस सफ्टवेयर सम्बन्धी तालिम प्रदान गरिएको छ । नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालयको आयोजनामा सञ्चालित तालिममा पर्सा र बारा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ५८ जनाको सहभागिता रहेको थियो ।
 
नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसादको अध्यक्षता रहेको कार्यक्रममा पर्सा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र जैशवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, पर्सा साकोस म्यानेजर्स क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौरासिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित पर्सा जिल्लामा सञ्चालित सहकारीहरुका समष्टिगत विवरण कोपोमिसमा भर्न लगाउने उद्देश्य तालिमको रहेको नेफ्स्कूनका सञ्चालक हरेराम प्रसादले बताउनुभयो । सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको तथ्यांक भर्न उहाँले अनुरोध गर्नुभएको थियो । 

पर्सा जिल्लामा कोपोमिस तालिम पहिलो पटक सञ्चालन भएकोमा सहभागी सहकारीकर्मीहरुले खुसी व्यक्त गर्दै नेफ्स्कूनद्वारा सञ्चालित अन्य तालिमहरु पनि आवश्यकताका आधारमा नियमित सञ्चालन हुनुपर्ने माग गरेका थिए । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पर्सा जिल्ला बचत संघका महासचिव जिष्णु बरालले र कार्यक्रम व्यवस्थापन पर्सा सदस्य सेवा कार्यालय प्रमुख गौतम साहले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप