पर्सा । मधेश प्रदेश अन्तर्गत पर्साको विरगञ्जमा सहकारीकर्मीहरुका लागि कोपोमिस सफ्टवेयर सम्बन्धी तालिम प्रदान गरिएको छ । नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालयको आयोजनामा सञ्चालित तालिममा पर्सा र बारा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ५८ जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसादको अध्यक्षता रहेको कार्यक्रममा पर्सा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र जैशवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, पर्सा साकोस म्यानेजर्स क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौरासिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित पर्सा जिल्लामा सञ्चालित सहकारीहरुका समष्टिगत विवरण कोपोमिसमा भर्न लगाउने उद्देश्य तालिमको रहेको नेफ्स्कूनका सञ्चालक हरेराम प्रसादले बताउनुभयो । सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको तथ्यांक भर्न उहाँले अनुरोध गर्नुभएको थियो ।
पर्सा जिल्लामा कोपोमिस तालिम पहिलो पटक सञ्चालन भएकोमा सहभागी सहकारीकर्मीहरुले खुसी व्यक्त गर्दै नेफ्स्कूनद्वारा सञ्चालित अन्य तालिमहरु पनि आवश्यकताका आधारमा नियमित सञ्चालन हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पर्सा जिल्ला बचत संघका महासचिव जिष्णु बरालले र कार्यक्रम व्यवस्थापन पर्सा सदस्य सेवा कार्यालय प्रमुख गौतम साहले गर्नुभएको थियो ।
५ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
८ दिन अगाडि
९८६ दिन अगाडि
९९३ दिन अगाडि
१०१४ दिन अगाडि
१०२७ दिन अगाडि
१०५१ दिन अगाडि