इमानि साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, किशोर कुमार गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इमानि साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, किशोर कुमार गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । नयाँ बानेश्वरमा रहेको इमानि बचत तथा ऋण सहकारी संस्था लि. को १३औं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष राजकुमार बुढाथोकीको अध्यक्षतामा आयोजित सभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । साधारणसभामा बागमती प्रदेश बचत संघका सचिव गोविन्द काफ्ले, राष्ट्रिय सहकारी बैंकका बानेश्वर कार्यालय प्रमुख विनोद भट्टराई लगायत साकोसका सञ्चालक, स्थानीय सहकारीकर्मीहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न अहम भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले साकोस सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा सम्पूर्ण साकोसको पहुँच पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । अब हरेक साकोसले एउटा स्तरीकरण कार्यक्रम दृढताका साथ उभिएर एकसुत्रमा बाधिनुपर्छ, उहाँले भन्नुभयो, ‘सहकारीको विश्वव्यापी सिद्धान्त अवलम्बन गर्दै विश्व अभ्यासलाई आन्तरिकीकरण गर्नु जरुरी छ, त्यसका लागि राज्य र अभियान एकसाथ अगाडि बढ्नुको विकल्प छैन । नीति, विधि र एकीकृत प्रविधि विकासको माध्यमबाट अभियानको एकीकृत सञ्जालीकरण अवको आवश्यकता हो, उहाँले भन्नुभयो । 

साकोसको १३औं वार्षिक साधारणसभाले किशोर कुमार गौतमको अध्यक्षतामा सर्वसमम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ । साधारणसभाले गौतमको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र दिपा खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलिप गौतम, सचिव दिपक प्रसाद सापकोटा, कोषाध्यक्ष रुपक भण्डारी र सञ्चालकहरुमा मनोज बुढाथोकी, अन्जना अधिकारी र राम मणि नेपाल निर्वाचित हुनुभएको छ । त्यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपा खड्का र सदस्यहरुमा कृष्ण बहादुर बुढाथोकी र राम प्रसाद गौतम चयन हुनुभएको छ । 

२०७० फागुन ७ गतेदेखि अध्यक्ष राजकुमार बुढाथोकीको नेतृत्वमा सदस्यहरुबिच नियमित वित्तीय कारोबार शुभारम्भ गरेको साकोसको दर्ता आ.व. २०६७/०६८ मा भएको थियो । साकोसमा हाल ७ सय ५१ शेयर सदस्य छन् । साकोसको कुल शेयर पुँजी रु. २ करोड १७ लाख ८० हजार, बचत रकम रु. १३ करोड ५० लाख ८४ हजार ९ सय १५ , ऋण लगानी रु. ९ करोड ५६ लाख ७ हजार २४८ रहेको छ  भने साकोसको कुल सम्पत्ती तथा दायित्व १७ करोड ४५ लाख १६ हजार ७२१ रहेको छ । “सदस्यहरुको भरपर्दो सहयात्री, इमानी सहकारी” भन्ने मुल नाराका साथ सदस्यहरुमाझ वित्तीय तथा गैर वित्तीय सेवा प्रवाह गर्दै आएको साकोसको काठमाडौं महानगरपालिकाका वडा नं. ९, १०, ११, ३१ र ३२ कार्यक्षेत्र रहेको छ ।
    
साधारणसभाका अवसरमा साकोसले उत्कृष्ठ बचतकर्ता सदस्य १ जना, उत्कृष्ण ऋणी सदस्य १ जना र एसईई उत्तीर्ण ८ जना बालबचतकर्ता सदस्यहरुलाई सम्मान गरेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप