पोखरा । सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, कास्कीको २४औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा आश्विन १० गते पोखरा–८, नागढुङ्गामा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य टेकु नेपाली र गण्डकी प्रदेश नि. सांसद राजीव पहारीको उपस्थिति रहेको थियो । नेफ्स्कून गण्डकी प्रदेश संयोजक कमला देवी गिरी, जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, रामघाट महिला साकोस अध्यक्ष यशोदा देवी गुरुङ्ग, संगम साकोसका उपाध्यक्ष बुद्धिमान थापा, नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का लगायत विभिन्न संघसंस्थाबाट अतिथिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका सचिव नवराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नरेन्द्र ब. मित्रकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै शिक्षा उपसमिति सदस्य सम्झना गुरुङ्गले सहकारी सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारी, कानुन क्षेत्रमा उपाधि प्राप्त गर्न सफल संस्थाका पुर्व कानुनी सल्लाहकार तथा सदस्य डा. ज्ञानेश्वर पराजुलीज्यूलाई सम्मान गरिनुका साथै विभिन्न विधामा असल कारोबार गर्ने १७ जना सदस्यहरु र ंद्द तथा उच्च शिक्षा हासिल गर्ने सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष उत्कृष्ट कर्मचारी अञ्जु नेपालीलाई प्रदान गरिएको थियो ।
मन्त्रि सुशिला सिंखडाले सहकारी क्षेत्रमा देखिएको जटिल अवस्थामा समेत सनसाइन साकोस उत्कृष्ट अवस्थामा रहनु, पर्याप्त तरलता राखि सदस्यहरुमाझ ढुक्क भएर कारोबार गर्न सक्नु गर्वको कुरा रहेको बताउनुभयो । सहकारी राष्ट्रको अर्थतन्त्रको अंंगको रुपमा रहेको भन्दै संस्थाले सदस्य र कारोबार बृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । सहकारी क्षेत्रको अप्ठ्यारो अवस्था र सञ्चालन व्यवस्थाको जटिलतालाई पार गर्दै सनसाइन अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
संविधानसभा सदस्य टेकु नेपालीले सहकारीमा पछिल्लो समय साधारणसभा हुँदा पेश गर्नेे प्रतिवेदन एउटा र आन्तरिक रुपमा अर्को हुने गरेको बताउनुभयो तर सनसाइनमा त्यस्तो नदेखिएको भन्दै सञ्चालक समितिले गर्ने निर्णय सहज रुपमा शेयर सदस्यहरुलाई बुझाउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा नि. सांसाद राजीव पहारीले पछिल्लो समय गलत नेतृत्वका कारण सहकारीमा समस्या आउँदा अन्य सहकारीलाई समेत असर गरिरहेको बताउनुभयो । सहकारीमा आएको समस्यालाई गम्भिरतापूर्वक लिंदै पाठ सिक्नुपर्ने बताउनुभयो । संस्थाका संरक्षक गज कुमारी गुरुङ्गले एकता नै ठुलो कुरा रहेकोले सहकारीमा एकतालाई जोड दिदै सबै शेयर सदस्यहरुलाई संस्थामा नै कारोबार गर्न आग्रह गर्नुभयो । नेप्mस्कुन सञ्चालक कमला देवी गिरीले सनसाइन सहकारीले बदलिदो युग बमोजिम प्रविधिलाई अवलम्वन गर्दै अघि बढेको र सदस्य केन्द्रित कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । सहकारीको मर्म बमोजिम सदस्य केन्द्रित क्रियाकलापहरु जति धेरै गर्न सकियो संस्था त्यति नै मजबुत हुने बताउनुभयो । त्यस्तै नेप्mस्कून कार्यक्रम अधिकृत मनोज खड्काले संस्थाको वित्तीय विवरणबारे विश्लेषण गर्दै संस्थाको संस्थागत कोष ९.०२ प्रतिशत रहेकोले संस्था बलियो रहेको बताउनुभयो । सदस्य हेरचाह कार्यक्रमहरु अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको, सदस्य शिक्षामा जोड दिएको साथै प्रतिवेदन अत्यन्तै पारदर्शि रहेको बताउनुभयो । सनसाइन साकोसको स्थलगत सुपरिवेक्षण गर्दाको अनुभव र यस प्रतिवेदनका आधारमा समेत संस्थामा ढुक्क भएर कारोबार गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष अग्निप्रसाद कँडेलले संस्थालाई बलियो बनाउने माध्यम आर्थिक पारदर्शिता र इमान्दारिता रहेको बताउनुभयो । आर्थिक पारदर्शिताले मात्रै संस्थालाई थप उचाइमा पुर्याउन सकिने भन्दै संस्थाका मालिक शेयर सदस्यहरुको हकहितका लागि प्रतिवद्ध रहेको र सोबाट विचलन नहुने बताउनुभयो । संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने प्रतिफलमा सहभागी हुन सदस्यहरुले संस्थामा नै आप्mनो कारोबार केन्द्रित गर्नुपर्ने बताउनुभयो । सहकारी सदस्यहरुको सुख दुखको साथि भएकोले सबैले संस्थाको विकासका लागि आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । संस्थाको परिकल्पना ‘समृद्ध सदस्य सुशासनयुक्त उत्कृष्ट सहकारीु साकार बनाउन सम्पूर्ण शेयर सदस्यहरुको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीका सचिव नवराज अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७९/८० मा संस्थाले १ करोड ६१ लाख मुनाफा आर्जन गरेको र कुल वासलात ४१ करोड ८० लाख पुगेको बताउनुभयो । आ.व. २०७९/८० को समिक्षात्मक तथ्यांक र २०८०/०८१ को बजेट संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक सुकमाया सुवेदीले प्रस्तुत गर्नभयो । त्यस्तै विभिन्न आन्तरिक नीति तथा कार्यविधि संशोधन सम्बन्धमा संस्थाका सञ्चालक सदस्य टिकाराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियो भने नयाँ नीति तथा कार्यविधिहरु संस्थाका व्यवस्थापक रोशन पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१२ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२३ दिन अगाडि