हाम्रो जनकल्याण साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २६औं वार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीले सहकारीहरुले स्वरोजगारीका लागि सीप विकास सहित लगानी गर्ने र स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नुपर्ने बताउनु भयो । प्रमुख अतिथि केसीले शेयर सदस्यहरुलाई बचत राख्ने मात्र नभई उत्पादनमुखी कार्य गर्न आग्रह गर्दै विदेशमा भाँडा माँजेर पैसा कमाउन लाज नहुने तर स्वदेशमा कृषि कर्म गरेर तथा उद्यम गरेर आय आर्जन गर्न लाज मान्ने प्रबृत्ति हटाउनुपर्ने बताउनु भयो । 

त्यसैगरी विशेष अतिथि एवम् भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले बिग्रदो अर्थतन्त्रलाई थेग्न सहकारी नै भएको बताउँदै अहिलेको आँधीबेहेरीमा संस्थालाई जोगाउन र सदस्यलाई विश्वास दिलाउन सञ्चालक समिति र कर्मचारी व्यवस्थापन चनाखो हुनुपर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले सहकारीहरु नीति विधि र प्रविधिभन्दा बाहिर हुन खोजे जोखिममा पर्ने बताउँदै हाम्रो जनकल्याण सहकारी सुरक्षित सहकारीका रुपमा रहेको र नयाँ कार्यहरु र सामाजिक गतिविधिमा समेत सहकार्य गरिरहेकाले संस्थाको छवी उच्च रहेको बताउनुभयो । 

शेयर सदस्यहरुलाई चनाखो रही सहकारीका हरेक गतिविधिमा चासो राख्न र बुझ्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सहकारी संस्थाका सञ्चालकलाई सहकारीको धर्म नछाड्न, अनुत्पादक क्षेत्रमा लगानी नगर्न, ऋण सदुपयोगिताको अनुगमन तथा प्रभावकारिता समीक्षा गर्न, आयातमुखी व्यापारभन्दा निर्यातजन्य व्यवसायमा लगानी केन्द्रित गर्न र आन्तरिक सुशासन बलियो हुनुपर्ने बताउनुभयो । 

साधारणसभाको सफलताको कामना गर्दै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, दोलखा बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का, दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समिति संयोजकले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गर्दै पारित गरिएको छ । साधारणसभाले राजन श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति र कृष्ण बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।

साधारणासभामा उत्कृष्ट कारोबार गर्ने १५ जना शेयर सदस्य सहित वर्ष उत्कृष्ट शेयर सदस्य सम्मान प्रकाश थापा र पुर्वसञ्चालक सम्मानाबट पुर्व अध्यक्ष तुलसी प्रसाद सुवेदीलाई नगद सहित सम्मान गरेको छ । साधारणसभामा शेयर सदस्यले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । च्छोरोल्पा अस्पताल प्रा.लि. सँगको सहकार्यमा सञ्चालित शिविरबाट २९० भन्दा बढी शेयर सदस्यले फाइदा लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी गराउनुभयो ।

संस्थाको २०८० साल असार मसान्तसम्म ८३ करोड ७९ लाख ४० हजार ८ सय ४७ कुल पुँजी तथा दायित्व, लगानीमा रहेको ऋण ६३ करोड १० लाख ४१ हजार चार सय रुपैयाँ, बचत जम्मा ६१ करोड ७९ लाख ३७ हजार ८ सय १९ र जगेडा कोष ५ करोड ४९ लाख १६ हजार एक सय ५० रुपैयाँ रहेको छ । नौ हजार एक सय ६७ जना शेयर सदस्य रहेको संस्थाले धुलिखेल अस्पतालसँगको साझेदारीमा लघु उद्यम कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै वर्षदेखि डिजिटल फार्मिङको कार्यान्वयनको तयारीमा रहेको संस्थाले आ.व. २०८०/०८१ मा ऋण शुद्धीकरण र उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ । 

 

 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप