जनउत्थान साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड

रुपन्देही । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । विभिन्न चरणमा ईकाइगत साधारणसभा सम्पन्न गरेको साकोसले आश्विन १३ गते प्रतिनिधिमुलक निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । 

समुदायमा आधारित जनउत्थान साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ । साकोसकी अध्यक्ष ज्ञानु पौडेलले सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन जनउत्थान साकोसले निरन्तर कार्य गरिरहेको बताउनुभयो । जनउत्थान साकोसले एशियाली ऋण महासंघको फोरम २०२३ बाट एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने र विद्यालयमा विद्यार्थी क्लब स्थापना गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साकोसको रहेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । त्यसैगरी साकोसले गत बर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिएको र यसमा निरन्तरता कायम गरिने पनि जनाएको छ ।

साकोसकी सचिव सरु रानाले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कुल सदस्य मध्ये १० हजार २४२ जना सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको बताउनुभयो । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उहाँले सभामा जानकारी गराउनुभयो ।  संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत बर्षको मुनाफाबाट सदस्यलाई १३.३० प्रतिशत लाभांश वितरण गरिने जानकारी गराउनुभयो ।

साकोसले गत आ.व.को असार मसान्तसम्म  ४० हजार ६४३ जना सदस्यबाट ३० करोड ९७ लाख शेयर पुँजी संकलन गरेको छ । त्यसैगरी यस अवधिमा  बचत संकलन २ अर्ब ५८ करोड १० लाख, ऋण लगानी २ अर्ब ५७ करोड ६ लाख र शुद्ध बचत ११ करोड ३२ लाख रहेको छ । संस्थाले गत आ.व.मा ३ अर्ब ३० करोड ९७ लाख कुल सम्पत्ति पुर्याएको छ । संस्थाको जगेडा कोषमा २८ करोड  १० लाख रकम जम्मा भएको  छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्र मार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप