सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  

भक्तपुर । भक्तपुरको बोलांछेमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व र संस्कृति तथा इतिहासका अन्वेषक प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन भएको थियो । कार्यक्रममा साकोसका अध्यक्ष राजोपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै साकोसको चिनारी सहितको पृष्ठभूमि व्यक्त गर्नुभएको थियो । 

साधारणसभाले राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र बलराम भुजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापति, जिल्ला सहकारी संघका सञ्चालक सहना पसखल र राष्ट्रिय सहकारी बैँकका शाखा प्रमुख मुना के.सीको आतिथ्यता रहेको थियो । 
 
कार्यक्रममा बोल्दै अतिथि जगनाथ प्रजापतिले नियमन निकायहरुबाट विभिन्न कारणहरु देखाई संस्था एकीकरणलाई जोड दिइरहेको जानकारी गराउँदै संस्था एकीकरण जस्तो महत्वपूर्ण कुराहरुलाई स्वतन्त्र रुपमा संस्थाको आवश्यकता र चाहना अनुसार गर्न स्वतन्त्र र स्वैच्छिक रुपमा गर्न दिनुपर्ने तथा त्यस्तो वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । कुनै पनि बचत तथा ऋण सहकारीहरु डुब्ने भाग्ने भन्दा पनि आफनो उद्देश्य अनुसारको मात्रै काम गरे कुनै संस्थामा समस्या नआउने उहाँको भनाई थियो । 

कार्यक्रमका संस्थाका उत्कृष्ट बचतकर्ता मनोज लाल अमात्य, उत्कृष्ट ऋणी विष्णुकेशरी ताम्राकार, उत्कृष्ट कर्मचारी रामेश्वरी शिल्पकार, एसईई उत्तीर्ण सदस्यका छोराछोरी २७ जना, कक्षा १२ उत्तीर्ण १६ विद्यार्थीहरु र जेष्ठ सदस्य ३४ जनालाई सम्मान गरेको थियो । त्यसैगरि संस्थाको रजत वर्षको लोगो डिजाइनर राज मान कर्माचार्यलाई पनि सम्मान गरेको थियो ।  

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले आफू स्वयं र परिवारका अन्य सदस्यहरु पनि यस सामूहिक सहकारीमा सदस्य रहँदै आएको जानकारी गराउँदै संस्थाप्रतिको विश्वास रहेको र सामूहिक साकोस एउटा राम्रो सहकारीको उदाहरण रहेको स्पष्ट पार्नुभयो । सामूहिक साकोसको स्थापनाकालदेखि कायम रहेको छवि आजसम्मपनि कायम रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिब कृष्णहरि सैँजुबाट प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष अशोकरत्न शाक्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षक नित्यनाथ श्रेष्ठबाट प्रस्तुत आन्तरिक लेखापरीक्षण प्रतिवेदन र बाह्य लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरी पारित गरिएको थियो । 

साकोसको नवौं कार्यकालका लागि निर्वाचित समितिलाई निर्वाचन उपसमितिका संयोजक सज्जन प्रधानले स्वागत तथा बधाई ज्ञापन सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । 
साकोसको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार ६ हजार ८ सय ६० शेयर सदस्य रहेको साकोसको कुल शेयर रकम रु.६ करोड ७३ लाख ९४ हजार ३००, बचत रकम रु. ४७ करोड ९४ लाख ८० हजार ५ सय ४५, ऋण लगानी रु. ५० करोड २० लाख ७१ हजार ९ सय ७१, जगेडा कोष रु. ४ करोड २५ लाख ५० हजार २८९ र कुल सम्पत्ती रु. ६६ करोड ६ लाख ७७ हजार ५२१ रहेको साकोसले जनाएको छ ।   

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप