भक्तपुरको भाषासेवी माष्टर जगतसुन्दर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरको भाषासेवी माष्टर जगतसुन्दर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिका कोलांछेमा रहेको भाषासेवी माष्टर जगतसुन्दर बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष न्हुछे राम धुख्वाको अध्यक्षतामा आयोजित सधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले साकोसको वित्तीय सूचकांक र सदस्य सन्तुष्टी पक्ष राम्रो रहेको प्रति खुसी व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो । हाल विषम परिस्थितिमा पनि साकोसको सदस्यसँगको सुमधुर सम्बन्ध स्थापनाले संस्थालाई बलियो बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले संस्थागत दिगो विकासका लागि साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम आवद्धता अनिवार्यता सम्बन्धमा जानकारी गराउनुभएको थियो ।   

साधारणसभामा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको विशिष्ट आतिथ्यता र भक्तपुरका नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज कृष्ण गोरा, राष्ट्रिय सहकारी बैकका सञ्चालक धु्रब बहादुर बिष्ट, भक्तपुर जिल्ला सहकारी संघकी कोषाध्यक्ष सावित्री धौवडेलको आतिथ्यता सहित साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, स्थानीय सहकारीकर्मीहरु लगायत साधारणसभामा २ हजार ४० जना (७५ प्रतिशत) शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

२०६५ कार्तिक ३ गते डिभिजन सहकारी कार्यलय भक्तपुरमा दर्ता भई ३५ जना युवाहरुद्वारा रु. ७ लाख शेयर पुँजी संकलन गरी सस्थाको शुरुवात गरिएको थियो । “सदस्यहरुलाई प्रबिधि मैत्री एवं गुणस्तरीय बचत तथा ऋण सेवाहरु प्रधान गरि समुदायमा आधारित भई सहकारी शिक्षा मार्फत आर्थिक सामाजिक र सांस्कृतिक रुपमा समृद्धि हासिल गर्ने” संस्थाको ध्येय रहेको छ भने सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट संस्था निर्माणको परिकल्पना साकोसको रहेको छ । 

साकोसमा हाल २ हजार ६ सय ८० जना शेयर सदस्य, शेयर पूँजी रु. २ करोड ३५ लाख ९८ हजार २ सय, निक्षेप करिब रु. २२ करोड ५१ लाख २ हजार ८ सय, ऋण लगानी करिब रु. २३ करोड ७२ लाख ७६ हजार, जगेडा तथा अन्य कोषहरुमा रु. ३ करोड ५ लाख ५६ हजार र कुल कारोबार करिब रु. २९ करोड ४९ लाख ८८ हजार रहेको साकोसका व्यवस्थापक बालकृष्ण सुवालले जानकारी गराउनुभएको छ ।

साधारणसभाका अवसरमा साकोसले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणि सदस्य एक एक जनालाई र जेष्ठ शेयर सदस्य ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप