मोरङमा साकोसहरुबीच गुणस्तर सुनिश्चितता कार्यक्रमको प्रभावकारिता समिक्षा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङमा साकोसहरुबीच गुणस्तर सुनिश्चितता कार्यक्रमको प्रभावकारिता समिक्षा

मोरङ । नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितता कार्यक्रमहरुको प्रभावकारिता सम्बन्धी कोशी प्रदेश स्तरीय समिक्षा गोष्ठी मोरङको सुन्दरहरैँचामा सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा विभागको आयोजनामा भएको गोष्ठीको अध्यक्षता नेफ्स्कूनका सञ्चालक गोमा नेपालले गर्नु भएको थियो । गोष्ठीमा नेफ्स्कून महासचिव दामोदर अधिकारीको विशेष उपस्थिति रहेको थियो भने सञ्चालक घनश्याम अधिकारी, जिल्ला बचत संघ सुनसरीका अध्यक्ष योगमाया सुवेदी, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना, मोरङ, सुनसरी, झापा र उदयपुर जिल्लाबाट स्तरीकरण कार्यक्रम (एक्सेस र प्रोबेशन) मा आबद्ध रहेका साकोसका अध्यक्ष, पदाधिकारी, सञ्चालक एवम् व्यवस्थापकहरु गरी ५५ जना भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव अधिकारीले सञ्जाल व्यवस्थापन र अन्तर्राष्ट्रिय अभ्यास समेटिएको प्रस्तुतीकरण र सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले गुणस्तर सुनिश्चितता सम्बन्धी प्रस्तुतीकरण राख्नु भएको थियो । सहभागीहरुलाई कार्यको लागि चार समुह मा विभाजन गरी गुणस्तर सुनिश्चितता कार्यक्रमको आवश्यकता किन, गुणस्तर सुनिश्चितता कार्यक्रमको प्रभावकारिता बृद्धिका उपायहरु के के हुन, साकोसहरुको प्रमाणीकरणमा के समस्या छ र नेफ्स्कूनको प्राविधिक सहयोगको स्तरोन्नती कसरी गर्न सकिन्छ भन्ने विषयमा समुहगत छलफल / प्रस्तुतीकरण गरिएको थियो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले स्तरीकरण कार्यक्रमबाट सम्पूर्ण सहकारीलाई नीति, विधि, प्रविधिमा जोड्न सकिने साथै सुशासनमा पनि जोड्न सकिने कुरा औल्याउनुभयो । “वित्तीय सहकारी विश्वव्यापीरुपमा विकास भएका मापदण्डको परिपालनाले मात्र समुन्नत बन्दछ,” उहाँले भन्नुभयो । बचत तथा ऋण सहकारी संस्थाले सहकारीका सिद्धान्त, मुल्य, मान्यताका साथै वित्तीय संस्थाले पालना गर्नुपर्ने मापदण्ड सहित संस्था सञ्चालन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । संस्था सञ्चालनको मापदण्ड, सदस्यहरुलाई दिने सेवा लगायतका कुराहरुको मापन गर्नका लागि  स्तरीकरण कार्यक्रमको महत्व रहेको कुरा वोध गराउँदै गोष्ठीका सुझावहरुलाई क्रमशः नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले गर्नु भएको थियो भने नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले उपस्थित महानुभावहरुलाई स्वागत एवम् समिक्षा गोष्ठीको उद्देश्य र महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।

गोष्ठीको समापन मन्तव्य राख्नु हुदै नेफ्स्कून सञ्चालक गोमा नेपालले दोहोरो सम्वादको आवश्यता भएकोले गोष्ठीको आयोजना गरीएको प्रष्ट पार्नुहुदै अहिलेको परिस्थितिमा सदस्यसँगको भेटघाट र अन्तरक्रिया मार्फत सम्वन्ध स्थापित गर्न सकियो भने सदस्यले विश्वासको वातावरण तयार भई कारोबारमा सहजता हुने विचार व्यक्त गर्नु भयो । समुदायमा छवि निर्माण हुने धेरै भन्दा धेरै सामाजिक क्रियाकलापमा समेत ध्यान दिनु पर्ने र हाल केहीले गरेको गलत अभ्यासको कारण समग्र सहकारी अभियानमा क्षति भएकोले राम्रा विषयहरुलाई समेत प्रचार प्रसारमा ल्याउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । अवको समाधान सदस्यसँगको सम्बन्धलाई अझ विश्वासीलो बनाउन सहकारी सिद्धान्तमा उल्लेख भएको तालिम, शिक्षा र सूचनालाई प्राथमिकताका साथ सबैले कार्यान्वयन गर्न सकेमा छिटै सहज वातावरण बन्ने विश्वाश व्यक्त गर्नु भयो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप