धनगढीमा सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढीमा सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

कैलाली । धनगढीमा साकोसमा कार्यरत सदस्य सेवा सहायकहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको धनगढी सेवा केन्द्रको आयोजनामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुई दिवसीय सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम असोज २२ र २३ गते धनगढी उप–महानगरपालिका कैलालीमा सम्पन्न भएको हो । 

नेफस्कूनका सञ्चालक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा कैलाली जिल्ला संघका उपाध्यक्ष तथा नेफ्स्कून ब्यवस्थापन उप–समिति सदस्य भुपेन्द्र थापा, राष्ट्र सेवक साकोसका निवर्तमान अध्यक्ष हरि प्रसाद सापकोटा लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

तालिममा स्वागत मन्तव्य नेफ्स्कून कञ्चनपुरका सदस्य सेवा कार्यालयका ब्यवस्थापन उप– समिति सदस्य भुपेन्द्र थापाले गर्नुभएको थियो ।

नेफ्स्कून सञ्चालक माधव जोशीले तालिमबाट सहभागीहरुले महत्वपूर्ण ज्ञान सीप आर्जन गरि व्यक्तिगत जिवनका साथै संस्थागत रुपमा लागु गर्न आग्रह गर्नुभएको थियो । अहिलेको बर्तमान अवस्थामा सदस्यसँग गरिने समवन्यका साथै बजार सहायहरुले सदस्यसँग दैनिकी रकम संकलन गर्दा जोखिम कम गर्न प्रविधि मार्फत कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।

तालिममा कञ्चनपुर जिल्लाका १८ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २१ जनाको सहभागिता रहेको थियो । तालिम समापन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुरत बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम सहजिकरण संघका तालिम अधिकृत रबिन्द्र श्रेष्ठ र कार्यक्रम  सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगी र व्यवस्थापन धनगढी सेवा केन्द्रका प्रमुुख योगेश बोहराले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप