कास्कूनको २१औं स्थापना दिवसमा सम्मान तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको २१औं स्थापना दिवसमा सम्मान तथा शुभकामना

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि–कास्कूनले २१औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । काठमाडौं जिल्लाभरका वित्तीय सेवा प्रदायक सहकारीहरुको छाता संगठन कास्कूनले गर्विलो इतिहासको स्मरण, वर्तमानको विश्लेषण र दिगो भविष्यको उद्घोष अनि अग्रज र विज्ञको सम्मानसहित २१औं वर्ष प्रवेशको खुसी तथा शुभकामना आदानप्रदान गरेको हो । जिल्लास्तरीय अभिभावक संघको आवश्यकता बोधसँगै कानूनी आधारको बलमा २ दशक अघि स्थापित कास्कूनमा हाल ८ सय बढी संस्था सदस्य छन् । 

हिजो राजधानीमा आयोजित स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेलले कास्कूनलाई बधाई दिदैं उज्ज्वल भविष्यको कामना गर्नुभयो । बचत ऋण सहकारीका जिल्ला प्रदेश र केन्द्रीय संघमा भएका रकम सदस्यहरुको भएको बताउँदै अध्यक्ष कडेलले उक्त रकमको सुरक्षित परिचालनमार्फत उचित प्रतिफल प्रदान गरिनुपर्नेमा जोड दिनुभयो ।सहकारीहरुको सञ्जाल व्यवस्थापनको विषयमा विभिन्न कोणबाट आवाज उठेको बताउँदै उहाँले त्यसका लागि अभियानबीच गहन छलफलको माध्यमबाट साझा धारण बनाइनुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारीको कमजोर नियमनका कारण समस्या उत्पन्न भएको उहाँको विचार थियो । उहाँले भन्नुभयो, ‘नियमन गर्ने अधिकार सरकारको हो । महासंघको भूमिका नीतिगत नेतृृत्व मात्र हो । सरकारी नियमन प्रभावकारी नहुँदा केही सहकारीमा समस्या आएको हो ।’ सहकारीमार्फत समुदायमा धेरै राम्रा काम भएको दाबी उहाँले प्रस्तुत गर्नुभयो । मुलुकको बिग्रदो अर्थतन्त्रप्रति कटाक्ष गर्दै अध्यक्ष कडेलले सरकारको आवश्यक ध्यान जान नसकेको पनि बताउनुभयो ।

कार्यक्रममा कास्कून सहकारी अभियन्ताबाट सम्मानित नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारीहरु समुदायमा आधारित सदस्य केन्द्रीत भई सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुले सदस्यहरुलाई सरल र सस्तो ब्याजदरमा ऋण सेवा प्रवाह गरी स्वरोजगार बन्न प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यको बचत सुरक्षा, संस्थागत सुशासन, प्रभावकारी सञ्चालन र सञ्जाल व्यवस्थापनमा सहकारी क्षेत्रको स्पष्ट दिशा र दृष्टिकोण आवश्यक भएको बताउनुभयो । दिशा र दृष्टिकोणको आधारमा कार्यदिशा तयार गरी अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको संरचनागत एकरुपतामार्फत  सदस्य समृद्धिका लागि बचत तथा ऋण सहकारी अभियानले काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी अभियान व्यवस्थित गर्न महासंघको मुख्य भूमिका हुने भन्दै बरिष्ठ उपाध्यक्ष ढकालले प्रारम्भिक संस्थाहरुलाई सबल बनाइ अभियानलाई दिगो र विश्वासिलो बनाउनुपर्ने धारणा राख्नुभयो । 

कास्कूनलाई २१औं वर्ष प्रवेशका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारी मूल्य, मान्यता र सिद्धान्तसँगै बचत ऋण सहकारीहरुले यसका सिद्धान्त र वित्तीय मापदण्डहरुको परिपालनामा बिशेष जोड दिनुपर्ने बताउनुभयो । सहकारीको बचत  उद्यमशीलतामार्फत सदस्यहरुको जीवनस्तर परिवर्तनमा परिचालन गरिनुपर्ने कुरामा नेतृत्व दृढ रहनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले कानूनको पालनामा ध्यान नदिइ व्यक्तिगत स्वार्थमा लागेका सहकारीहरुमा मात्र समस्या आएको प्रष्ट पार्नुभयो । संघहरु बढी भएर नभई सहकारीहरु सुशासनमा नबसेका कारण यस क्षेत्रमा समस्या आएको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले जिल्ला बचत संघहरु सक्रिय भएको ठाउँमा सहकारीहरुमा समस्या नआएको दाबी गर्नुभयो । उहाँले सञ्जाल व्यवस्थापनको विषयमा स्पष्ट धारणा आउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

यसैगरी, ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले संघहरुले सुशासन मापदण्ड बनाई सबै संस्थामा लागू गर्नुपर्ने बताउनुभयो ।  

कार्यक्रममा कास्कूनका अध्यक्ष दिपक पनेरुले बचत ऋण अभियानलाई थप व्यवस्थित, सुशासित र मर्यादित बनाउन जिल्ला संघहरु लागि पर्ने विश्वास दिलाउनुभयो । सहकारी क्षेत्रमा व्याप्त समस्याहरु खोजी तिनको निराकरणका लागि संयुक्त प्रयास आवश्यक भएको उहाँको भनाइ थियो । उहाँले साकोसहरुले केवल बचत संकलन गरी ऋण प्रवाहमा मात्र नभइ सदस्यहरुको समग्र सामाजिक आर्थिक उन्नयनका लागि पनि काम गर्नुपर्ने बताउनुभयो । नेफ्स्कूनका कोषाध्यक्ष समेत रहनुभएका पनेरुले साकोसको दिगोपनाको मेरुदण्ड स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रमलाई सबै माझ पुर्याई नियमित अनुगमन, पृष्ठपोषणबाट सदस्य केन्द्रीत रुपमा सञ्चालन गर्ने गराउने काममा जिल्ला संघ लाग्ने बताउनुभयो ।

कार्यक्रममा कास्कून सहकारी अभियन्ता सम्मानबाट नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्ग तथा सहकारी विज्ञ सम्मानबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सम्मानित हुनुभएको छ । सहकारी अभियानको सञ्चालकीय तथा व्यवस्थापकीय नेतृत्वमा प्रधानाङ्ग तथा सापकोटाले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसासहित कास्कूनले दुई व्यक्तित्वलाई सम्मानित गरेको जनाएको छ । कास्कूनका महासचिव निरञ्जन सेढाईले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो । स्थापना दिवस कार्यक्रममा कास्कून वर्तमान तथा पूर्व सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापनसहित सदस्य संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

३ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप