कास्कूनद्वारा सहकारी अभियन्ता प्रधानाङ्ग र सहकारी विज्ञ डा.सापकोटा सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनद्वारा सहकारी अभियन्ता प्रधानाङ्ग र सहकारी विज्ञ डा.सापकोटा सम्मानित

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कूनले अग्रज सहकारी अभियन्ता नेफ्स्कूनका पूर्व अध्यक्ष कैशालभक्त प्रधानाङ्गलाई ‘कास्कून सहकारी अभियन्ता सम्मान–२०८०’ तथा सहकारी व्यवस्थापनमा विद्धता तथा विज्ञता हासिल गर्नुभएका नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई ‘कास्कून सहकारी विज्ञ सम्मान–२०८०’ बाट सम्मानित गरेको छ । काठमाडौं जिल्लाका बचत ऋण सहकारीहरुको जिल्लास्तरीय छाता संगठन कास्कूनले आफ्नो २१औं स्थापना दिवसको अवसर पारेर हिजो राजधानीमा आयोजना गरेको कार्यक्रममा दुई व्यक्तित्वलाई सम्मानित गरेको हो । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेल तथा कास्कूनका अध्यक्ष दिपक पनेरुले अन्य अतिथिहरुको उपस्थितिमा दुबै व्यक्तित्वलाई सम्मानित गर्नुभएको हो ।

कास्कूनले नेपालको बचत तथा ऋण सहकारी अभियानको नेतृत्वमा रहँदा खेलेको भूमिकाका साथै हालसम्म पनि सहकारी अभियानमा प्रदर्शन गर्नुभएको सक्रियता तथा लगनशीलताका लागि प्रधानाङ्गलाई सम्मानित गरेको हो । कास्कूनले उहाँलाई ‘नेपालको सहकारी अभिायनको जिउँदो इतिहास र स्वनियमनको स्रोत भएको’ भन्दै सम्मान गरेको हो । 

२०१७ सालबाट सहकारी अभियानमा प्रवेश गर्नुभएका प्रधानाङ्गले २०५० सालदेखि २०६४ सालसम्म १४ वर्ष नेफ्स्कूनको अध्यक्षको रुपमा संघको विकास र प्रवर्धनमा अहम् भूमिका निर्वाह गर्नुभयो । त्यस उप्रान्तसमेत उहाँले सहकारी तथा साकोस अभियानमा सुशासन, इमानदारी र दिगोपनाको विषयलाई महत्वका साथ उठाउँदै आउनुभएको छ । आवाज र कलम दुबैका धनी प्रधानाङ्गले सहकारीका विभिन्न फोरमहरुमा व्यक्त गर्नुभएका विचारहरु जति महत्वका साथ सुनिन्छन् उहाँले लेख्नुभएका पुस्तक तथा लेख रचनाहरु पनि त्यतिकै महत्वका साथ पढिन्छन् । 

सहकारी अभियानका मुद्दाहरुलाई मिहिन ढंगले केलाउने तथा कानूनलाई परख्ने प्रधानाङ्ग भक्तपुर नगदेशस्थित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाका अध्यक्ष समेत हुनुुहुन्छ । बढ्दो उमेरका बाबजूद उहाँको सक्रियता थप बढ्दो छ । प्रधानाङ्गको अधिकांश समय अनुज सहकारीकर्मीहरुलाई इन्द्रणी अनुभवहरु साट्ने र सहकारी अध्ययन अनुसन्धानमा सघाउने काममा व्यतित् हुनेगर्दछ । सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप उहाँले नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयलबाट २०७४ साल चैत्र २० गते एक लाख राशीको पुस्कारसहित थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

यसैगरी, सहकारी व्यवस्थापनमा विद्यावारिधी प्राप्त गर्नुभएका सापकोटासँग संघको व्यवस्थापकीय बागडोर सम्हालेको यथेष्ट अनुभव रहेको छ । २०६३ सालमा नेफ्स्कून प्रवेश गर्नुभएका सापकोटाले अघिल्लो कार्यकालमा २०७२ सालेदेखि २०७७ सालसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्नुभएको थियो । त्यसपछि उहाँले २०८० साल भदौं १ गतेबाट सोही जिम्मेवारीमा दोस्रो इनिङ सुरु गर्नुभएको हो । आफ्नो मुख्य भूमिकासँगै सहकारी प्रशिक्षण र लेखनमा समेत सक्रिय सापकोटाको दुई वटा पुस्तक समेत प्रकाशित छ भने सहकारी संघ संस्थाहरुबाट उहाँले थुप्रै सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । कास्कूनले उहाँलाई ‘विगत लामो समयदेखि नेपालको बचत तथा ऋण सहकारी क्षेत्रको जागरण, उत्थान, विकास र विस्तारका लागि नेफ्स्कून व्यवस्थापन प्रमुखको रुपमा व्यवस्थापकीय कौशल प्रदर्शन तथा सहकारी व्यवस्थापन विषयमा पिएचडी गर्नुभएका डा.सापकोटा २०८० साल भदौं १ गतेबाट पुनः प्रमुख कार्यकारी अधिकृतको भूमिकामा नेफ्स्कूनमा आवद्ध हुनुभएको’ सम्मानमा उल्लेख गरेको छ । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप