जनसेवा साकोसको ३१औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः चेतनाथ गौतम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा साकोसको ३१औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः चेतनाथ गौतम 

कास्की । पुरुन्चौरमा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. को ३१औं बार्षिक साधारणसभा साथै चुनावी कार्यक्रम शनिवार सम्पन्न भएको  छ । सभाले आगामी चार बर्षको लागि पुनः चेतनाथ गौतमको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । जसमा उपाध्यक्ष विष्णु प्रसाद अधिकारी, सचिव दान बहादुर भुजेल, कोषाध्यक्ष टिकाराम आचार्य सदस्यहरुमा राम्जी के.शी., अम्विका ढुङ्गाना, डम्वर गिरी, दुर्गा गौतम, सरस्वती बास्तोला, अप्सरा नेपाली चयन हुनु भएको छ भने लेखा सुपरिवेक्षण समितिमा संयोजक ठाकुर प्रसाद रेग्मी, सदस्य कुशल गिरी र मुना बराल गौतम चयन हुनु भएको छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष चेतनाथ गौतमले वार्षिक प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष टिकाराम आचार्यले वार्षिक समिक्षा र आगामी बर्षको बजेट प्रस्तुत गर्नु भएको थियो ।

आगामी बर्षको कुल सम्पती ४० करोड, बचत ३१ करोड, ऋण ३२ करोड, सदस्य संंख्या ३००० र जगेडाकोष ७ प्रतिशत पुर्याउने लक्ष सहितको बजेट पेश भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक चण्डी प्रसाद शर्मा पौडेलले हाल केही  सहकारी संस्थामा सुसासनको कमि हुनु, वित्तीय विवरण सार्वजनिक नहुनु, सदस्यहरुलाई सुसूचित बनाउन नसक्नु, सहकारीका असल अभ्यासको बारेमा प्रचार प्रसार गर्न नसक्नु सदस्यहरु बढी ब्याजको लोभमा लाग्नु आदी कारणहरुले संस्थामा समस्या आएको बताउनु भयो । उहाँले वित्तीय कारोबार गर्ने सहकारी संस्थाले अन्तर्राष्ट्रिय स्तरका पल्र्स अनुगमन मापदण्डको पालना गरी समुदायमा आधारित रहेर सञ्चालन गरेमा संस्थामा कुनै समस्या नआउने बताउनु भयो  । ठूलो बचतलाई भन्दा सानो दीर्घकालीन रुपमा धन सृजना गर्ने बचतलाई संस्थाले प्राथमिकता दिनु पर्ने बताउनु भयो । 

साकोसको भाद्र मसान्त सम्मको वित्तीय विवरण अनुरुप साकोसको शेयर पुँजी रु. ३३ करोड ६८ लाख, बचत रु. २६ करोड ६८ लाख, ऋण लगानी रु. २७ करोड ३० लाख, जगेडा कोष रु. २ करोड ३० लाख र कुल सम्पत्ती रु. ३४ करोड ३५ लाख रहेको साकोसका व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी गराउनुभयो । 

साधारणसभाका अवसरमा साकोसले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । 
१)  उत्कृष्ट बचत कर्ता  २ जनालाई १५ थान शेयर पुरस्कार     
२)  अधिकतम  शेयर  खरिद कर्ता २ जनालाई १५ थान शेयर पुरस्कार
३)  जेष्ठ सदस्यतर्फ २ जनालाई जनसेवा कोशेली तथा सम्मान
४)  उत्कृष्ट कारोवारी २ जना    लाई १५ थान शेयर पुरस्कार
५)  उत्कृष्ट बाल बचत कर्ता २ जनालाई स्टेनसरी सामान प्रदान
६)  बर्ष उत्कृष्ट सदस्य १ जनालाई १५ थान शेयर पुरस्कार
७)  एस. ई. ई. मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा एक एक जनालाई सम्मान तथा पुरस्कार ।

त्यसैगरी नेफ्स्कूनको ३६औं स्थापना दिवसका अवसरमा नेफ्स्कूनद्वारा गण्डकी प्रदेशस्तरीय उत्कृष्ठ व्यवस्थापक घोषित साकोसका व्यवस्थापक प्रेमसागर अधिकारीलाई पनि साकोसले सम्मान गरेको थियो ।  


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप