भक्तपुरको बाबा बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरको बाबा बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ मा रहेको बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले साकोसको वित्तीय सूचकांक र सदस्य सन्तुष्टी पक्ष राम्रो रहेको प्रति खुसी व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो । हाल विषम परिस्थितिमा पनि साकोसको सदस्यसँगको सुमधुर सम्बन्ध स्थापनाले संस्थालाई बलियो बनाउन सहयोग पुगेको बताउनुभयो ।   उहाँले भक्तपुरमा अब्बल सहकारीको रुपमा बाबा साकोस अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै दीगो संस्थागत विकास र साकोस सुदृढीकरणका लागि संघद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा सहभागी भई एकीकृत साकोस सञ्जालमा जोडिन अनुरोध गर्नुभयो ।  

साधारणसभामा भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि वल्लको विशेष आतिथ्यता सहित साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, स्थानीय सहकारीकर्मीहरु लगायत १ हजार १५० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

साकोसले साधारणसभाका अवसरमा प्रस्तुत वार्षिक प्रतिवेदन बमोजिम शेयर रकम रु. ५ करोड ४२ लाख १५ हजार, बचत रु. ३० करोड ७९ लाख ४६ हजार ९१६, ऋण लगानी रु. २९ करोड ५ लाख ४९ हजार २९७ र कुल वासलात रु. ४३ करोड ५१ लाख ५ हजार ७२६ रहेको जनाएको छ । साकोसमा हाल १ हजार ४ सय ९३ शेयर सदस्य छन् ।

कार्यक्रमका अवसरमा साकोसले स्नातकोत्तर तह उत्तीर्ण सदस्यका छोराछोरी ३ जनालाई रु. ३ हजारका दरले नगद पुरस्कार तथा मेडलद्वारा सम्मान गरेको थियो । त्यसैगरि भक्तपुरको बिस्केट जात्रामा जिब्रो छेड्ने बालकराम नानी श्रेष्ठले भक्तपुरदेखि पशुपतिनाथ मन्दिसम्म घुमेर संस्कृति जगेर्ना मा पुर्याएको योगदानको कदर स्वरुप रु. १० लाख नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको साकोसका व्यवस्थापक ज्ञानेश्वर कायस्थले जानकारी गराउनुभयो । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप