काभ्रेको मनकामना बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेको मनकामना बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न 

काभ्रे । बनेपा न.पा. वडा नं. ५ मा केन्द्रीय कार्यालय रहि सञ्चालनमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा आश्विन २० गते एक समारोहका बिच सम्पन्न भएको छ । २०५२ सालमा स्थापना भएको साकोसले हाल काभ्रे, भक्तपुर र काठमाडौं जिल्ला कार्यक्षेत्र रहि कुल ७ वटा केन्द्रमार्फत ८ हजार बढी सदस्यहरुमाझ वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

साकोसका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका  बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले समुदायका नागरिक नै सहकारीका सदस्य, सहकारीका सञ्चालक, सहकारी अभियन्ता हुने हुँदा अभियन्ताहरुबाट प्रतिनिधित्व भएको संस्थामा समस्या आउनु अभियन्ताकै कमजोरी रहेको बताउनुभयो । उहाँले सहकारी अभियन्ताहरु अभियानको प्रतिनिधि हुँदाहुँदै आफ्नो प्रारम्भिक संस्थाको जिम्मेवारी बाट पन्छिन नपाईने उल्लेख गर्नुभयो । सदस्य वा संस्थाले प्रतिनिधि छान्दा मेरो संस्थाको प्रतिनिधि अभियानको नेतृत्व लिन सक्ने र अभियानलाई दिसा निर्देश गर्न सक्ने हुनपर्दछु भन्ने सोचका साथ छनौंट गरेको हुन्छ, उहाँले भन्नुभयो । सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा चल्नुपर्नेमा नचलेको कारण आज यो समस्या आएकोले आगामी दिनहरुमा शेयर सदस्यको वास्तविक आवश्यकता पुरा गर्नेगरी सहकारी मर्म र भावना अनुरुप सञ्चालन गर्दै ऐन नियम र संस्थाको आगामी कार्यदिशा के हो भन्ने विषयमा प्रष्ट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

संस्थाको सञ्चालक समितिको तर्फवाट सचिवले प्रगति प्रतिवेदन, वित्तीय प्रतिवेदन तथा आगामी वर्षको अनुमानित बजेट कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको तर्फवाट संयोजक मोट प्रसाद सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको प्रतिवेदनमा प्रस्तुत भए बमोजिम संस्थाको वासलात २ अर्व १७ करोड, बचत १ अर्व ५९ करोड, ऋण लगानी १ अर्व ७८ करोड, कुल जगेडा तथा अन्य कोष १५ करोड ८० लाख तथा आ.व. २०७९/८० को नाफा ६ करोड ९ लाख रहेको जनाइएको छ । त्यसैगरि संस्थाको तरलता करिव २३ प्रतिशत रहेको र कुल शेयर सदस्य ८ हजार ७ सय ६९ रहेको साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले गनुभएको थियो । कार्यक्रममा अन्य संघ संस्थावाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघबाट कोषाध्यक्ष केशव दंगाल, जिल्ला सहकारी संघका उपाध्यक्ष अमन पोटे, जिल्ला बचत संघका प्रवन्धक गुरु प्रसाद ढकाल, जिल्ला बचत संघबाटै सञ्चालक सत्यवती भट्टराई , संस्थाका वित्त विश्लेशक बालमुकुन्द सुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा चेष्टा साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना तथा अन्य प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरु पनि रहनुभएको थियो ।

संस्थाले सम्मान पुरस्कार तर्फ उत्कृष्ट सेवा केन्द्र पुरस्कार पनौती सेवा केन्द्रलाई, उत्कृष्ट कर्मचारी बरिष्ठ अधिकृत रमेश घिमिरेलाई, ४ जना उत्कृष्ट ऋणी, ३ जना बचतकर्ता र २ जना पूर्व कर्मचारीलाई समेत सम्मान गरेको थियो । संस्थाको कूल शेयर सदस्यको ७० प्रतिशत शेयर सदस्य वार्षिक साधारणसभामा उपस्थिति रहेको साकोसका प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभयो ।

२०५२ साल मंसिर १८ गते आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी’ भन्ने मूल नाराका साथ तत्कालीन डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको शुरुवाती कारोबार २९ जना शेयर सदस्यबाट प्रारम्भ भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप