आज ७५औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ७५औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस

एजेन्सी । आज ७५औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) विश्वभरका बचत ऋण सहकारी अर्थात् क्रेडिट युनियनहरुले विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । विश्व बचत ऋण सहकारीहरुका लागि यो दिन सबैभन्दा ठूलो पर्व हो । सन् १९४८ देखि प्रत्येक अक्टोबर महिनाको तेस्रो बिहिवार आइसीयू डे मनाउने प्रचलन सुरु भएको हो । यो वर्षको आइसीयू डे आज अर्थात् २०८० साल कार्तिक २ गते परेको हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउँदछन् । यस दिवसले बचत ऋण सहकारीको विश्वव्यापी अभियानबीच अनुभवन, सीप र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ । विश्व अभियान एकाकार हुने मौका आइसीयू डे ले प्रदान गर्दछ । 

विश्व क्रेडिट युनियन अभियानको गौरवपूर्ण इतिहासको स्मरण, यसका उपलब्धिहरुको प्रवर्धन, अभियानले गरेको परिश्रमको प्रशंसा,सदस्यहरुका जीवन बदिलएका अनुभवहरु आदानप्रदान र भावी योजनाहरुबारे जानकारी गराउन आइसीयू डे मनाउने गरिन्छ । क्रेडिट युनियन अभियानबारे जनचेतना जगाइ यसको महत्ताबारे सेयर सदस्य र सर्वसाधारणलाई व्यापक जानकारी गराउनु नै यो दिवस मनाउनुको मुख्य उद्देश्य हो । आइसीयू डे अमेरिकामा रहेको विश्वभरका बचत ऋण सहकारीहरुको शीर्ष निकाय विश्व ऋण परिषद् (ओकू) तथा अमेरिकी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ–क्रेडिट युनियन नेशनल एशोसिएसन (क्यूना) ले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् । सुरुमा क्यूनाले आयोजना गर्दै आएको आइसीयू डे सन् १९७० मा ओकूको स्थापना पछि दुबैले संयुक्त रुपमा आयोजना गर्न थालिएको हो ।

विश्व ऋण परिषद्की प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डका अनुसार “यो दिवस क्रेडिट युनियन अर्थात् साकोस आन्दोलनको इतिहासलाई प्रतिबिम्बित गर्ने, सामूहिक उपलब्धिहरूलाई प्रवर्धन गर्ने र भविष्यको तयारी गर्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । यस वर्षको कार्यक्रमले वित्तीय कल्याण र सदस्य सशक्तिकरणका विषयहरूलाई जोड दिनेछ ।” ओकूको सञ्जाल अन्तर्गत विश्व क्रेडिट युनियनमा हाल ६ महादेशका १ सय १८ देशका ८७ हजार ९ सय १४ क्रेडिट युनियनमा ३९ करोड ३८ लाख ७१ लाख ६ सय ३१ सदस्य आवद्ध छन् । 

आइसीयू डे को अवसरमा विश्व ऋण परिषद् (ओकू) को साझेदार संस्था वल्ड वाइड फाउन्डेशन फर क्रेडिट युनियनले भर्चुअल वेबिनार आयोजना गरेको छ । आइसीयू डे को मुख्य कार्यक्रम यही साझेदार संस्थामार्फत सञ्चालन हुँदै आएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप